नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

काठमाडौँ, ३ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने भएको छ । आज यहाँ सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त बैठकले ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल आयात भइरहेको...

माथिल्लो खोरुङ्गाखोला जलविद्युत् आयोजना निर्माण सुरु

तेह्रथुम, १९ माघ । साढे सात मेगावाट क्षमताको खोरुङ्गाखोला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ । मोराहाङ–४ मा निर्माण हुने उक्त आयोजनाको आज सांसद भवानीप्रसाद खापुङले शिलान्यास गर्नुभयो । आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले आगामी २०७६ मङ्सिरभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको कुल लागत रु एक अर्ब ३७ करोड छ । क...

नाचगान गरेर जुटाएको रकम विद्युतीकरणमा, म्याग्दीका दुई सय घर झलमल्ल हुने

म्याग्दी, १७ माघ । म्याग्दीको बिमका बासिन्दाले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् ।  बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर सङ्कलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन् । चार वटा वडामा रहेका आमा समूह, पुख्र्यौली समूह र युवा क्लबले रु सात लाख सहयोग गरेका विद्युतीकरण उपभोक्ता समितिका सदस्य वुद...

अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

इलाम, १६ माघ । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ । रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख...

ऋण काढेरै जलविद्युत्मा सेयर लगानी गर्दैछन साेलुबासी

सोलुखुम्बु, १६ माघ । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाउनुभयो । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताउनुभयो । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिनुभएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै...

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

काठमाडौँ, १५ माघ । लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन आजदेखि सञ्चालनमा आएको छ । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो । मातातीर्थबाट स्यूचाटार जोड्ने प...

भैरवकुण्ड आयोजनाबाट विद्युत् उत्पादन सुरु

चौतारा, १४ माघ । जुरे पहिरो, भूकम्प, नाकाबन्दी र बाढीले क्षति पु¥याई करिब तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी गाविसस्थित ३.१ मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । आयोजनाले बिहीबारदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो । रु १० करोडको ल...

नेपालको जलविद्युत्मा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अ...

मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ विद्युत्भार कटौतीमुक्त

खोटाङ, २९ पुस । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर आज उद्घाटन गरिएको छ । दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गर्दै उहाँले चाँडोभन्दा चाँडो चुनाव नगरिएमा संविधान कार्यान्वयन नहुने जिकिर गर्नुभयो । स्थानीय...

सन् २०४० मा विद्युत् माग ५० हजार मेगावाट पुग्ने

काठमाडौँ, २५ पुस । सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो अवधिमा विद्युत् माग उक्त विन्दुमा पुग्ने पाइएको हो । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले य...