गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं / सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए । सेयर बजार निरन्तर ओ...

४० मिनेट बन्द पछि सुचारु भएको नेप्से १०८ अंकले घट्यो

काठमाडौँ / उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । नेप्सेको अनुसार कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई...

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला

काठमाडौँ / तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्...

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ / मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जना...

लिखु हाइड्रोपावरको आइपिओ खुल्दै

ओखलढुङ्गा । ओखलढुङ्गा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निष्कासनको तयारी गरेको छ । यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउनेछन् । ३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प...

‘मेरो सेयर’को पासवर्ड युजर आफैँले परिवर्तन गर्न सक्ने

काठमाडौँ । ‘मेरो सेयर’ को पासवर्ड यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेपछि यूजर आफैँले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् । शुक्रवारदेखि सो सेवा कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ ।

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट

काठमान्डाैं / विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्से ०.२३ बिन्दुले बढेर तीन हज...

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

काठमान्डाैं / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८...

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

काठमाडौँ / वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४...

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड

काठमान्डाैं / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुगेको छ । कूल २३० कम्पनीक...