पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि

सोलुखुम्बु । पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो शरद ऋतुमा पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस वर्ष सुधार आएको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा एक हजार ५७४ जना, अक्टोबरमा पाँच हजार २१२ र नोभेम्बरमा तीन हजा...

गाउँको पर्यटकीय विकास र युवा पलायन कम गर्न रिसोर्ट

पोखरा । पर्यटकीय स्थल कास्कीको लुम्ले–३ स्थित सुन्दर गाउँ तान्चोकमा युवा पलायनलाई न्यूनीकरण गर्ने उद्देश्यले कल्सी इको लज रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्चका पूर्वअध्यक्षसमेत रहेका चित्रबहादुर गुरुङको सक्रियतामा तान्चोक गाउँको सिरानमा रहेको कयरबारीमा सो रिसोर्ट सञ्चालन गरिएको हो । पछिल्ला वर्षमा गाउँबाट बर्सेनि युवा रोजग...

शुरू भयाे काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल

काठमाडौँ, २३ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ को आज एक समारोहबीच उद्घाटन गर्नुभयो । कमलपोखरिस्थित कुमारी हलमा मङ्सिर २७ गतेसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक, सर्ट, प्रयोगात्मक र एनिमेसन फिल्म देखाइने छ । महोत्सवमा २८ वटा मुलुकका ८० भन्दा बढी फिल्म प्रदर्शित हुनेछन् । ...

चन्द्रागिरि केबुलबार नयाँ पर्यटकीय गन्तव्य

काठमाडौँ, २० मङ्सिर । काठमाडौँको थानकोटस्थित चन्द्रागिरि डाँडामा सञ्चालनमा रहेको केबुलकार र त्यस क्षेत्रको पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गराउन आज पर्यटन पत्रकारहरुले स्थलगत अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) को नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब ४० जना पर्यटक पत्रकारको सहभागिता रहेको थिय...

काठमाडौँ–निजगढ द्र्रुतमार्ग अघि बढाउन माग

काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना काठमाडौँ–निजगढ द्र्रुतमार्ग (फास्ट ट्र्याक) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई जतिसक्दो चाँडो अघि बढाउन माग गरिएको छ ।  द्रुतमार्ग निर्माण सङ्घर्ष समिति ९प्रभावित एवम् लाभावित जिल्लावासी० ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज भेट गरी ज्ञापनपत्र बुझाउँदै यी दुईवटै ...

कतार एयरवेजको ट्राभल टूगेडर : सेभ टूगेडर प्रमोशन

काठमाडौं, १४ मंसिर / कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेडर, सेभ टूगेडर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फस्र्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनीले जानकारी दि...

जाडो बढेसंगै सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो

सोलुखुम्बु, २ मङ्सिर । हिमाली जिल्लाका रुपमा परिचित सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हिउँदको मौसममा सिरकको व्यापार भने निकै फस्टाउने गरेको छ । सामान्य कपडाले चिसो छल्न नसक्ने भएका कारण अधिकांश स्थानीय जनताले बाक्लो सिरक बनाउन थालेपछि सिरकको व्यापार फस्टाएको हो । कात्तिक–मङ्सिरको अन्त्यतिर सोलुखुम्बुका कतिपय मानिस जाडो छल्न उपत्यका तथा तराई लगायतक...

अरुण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान

काठमाडौँ, २३ असोज । भोजपुरको उत्तरी षडानन्द नगरपालिकाका जनताले ‘तुम्लिङ्टार–लम्सुवा–दिङला’ जोड्ने मार्गमा अरुण नदीको लम्सुवाघाटमा निर्माणाधीन पुल समयमै निर्माणका लागि दबाबस्वरुप मोबाइल सन्देश (एसएमएस) अभियान सुरु गरेका छन् । नगरवासीले दबाब समिति गठन गरी आज जिल्लाका तीन सांसद ज्ञानेन्द्रबहादुर कार्की, शेरधन राई र कृपाशुर शेर्पालाई एसएमएस गरी ध्या...

बूढीगण्डकीले पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध

गोरखा, १६ जेठ । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो । भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा य...

स्थानीय स्रोत साधन परिचालन नै आर्थिक विकासको मेरुदण्ड हो : ढकाल

उदयपुर / नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष्त तथा वरिष्ठ सदस्य चण्डिराज ढकालले नेपालको आर्थिक विकासको मेरुदण्ड भनेको स्थानीय स्रोत साधन परिचालन भएको बताए । उनले शनिबार तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सवलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । नेपालमा छरिएर रहेको स्थानीय स्रोतको पहिचान गरी परिचालन नगरेसम्म देशको विकास सम्भव नहुने समेत बताए ...