आज अचानक यसरी घट्यो सुनेको भाउ

काठमाडौं । हिजो र अस्ति समान मुल्यमा कारोबार भएको सुन आज भने अचानक घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको । सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीब...

चरन अभाबले भेडापालन संटकमा

तेह्रथुम / चरन क्षेत्रको अभावमा तेह्रथुमको ग्रामीण भेगका किसानले भेडा पाल्न छाडेका छन् । यो सँगै राडीपाखी व्यवसायसमेत संकटमा परेको छ । छथर गाउँपालिका–५ ओख्रेका भेडापालक कृषक रोमा ठकुरीले चरन अभावका कारण व्यवसाय छाड्ने सोचमा रहेको बताउँछीन् । एक दशक अघी जिल्लाको ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा भेडापालन गर्दै आएका किसानले पछिल्लो समय चरन अभावका कारण...

बिर्तामोडमा ९९ रुपैंयामै मासुभात !

बिर्तामोड /  झापाको बिर्तामोडमा नै उनानसय रुपैंयामा मासुभात खान पाइन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको सिपी होटलले ९९ रुपैंयामा पेटभरि मासु भात खुवाउदै आएको छ । होटलले विगत ५ महिनादेखि ९९ रुपैंयामै सेवाग्राहीलाई खानाको व्यवस्था गर्दै आएको छ । होटलले सेवाग्राहीलाई मध्य नजर गर्दै विशेष प्याकेज नै...

वाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की

बिर्तामोड / झापाको बाह्रदशीस्थित राजगढ बजारका ब्यवसायीहरुको हक हितमा काम गर्ने उद्धेश्यले बाह्रदशी उद्योग वाणिज्य संघको स्थापना गरिएको छ । यो उद्योग वाणिज्य संघ जिल्लाकै कान्छो हो । आठ नगरपालिका र तीन गाउँपालिका सहित जिल्ला उद्योग वाणिज्य संघ गरी झापामा अव जिल्लामा १२ वटा वाणिज्य संघ दर्ता भएका छन् । कान्छो उद्योग वाणिज्य संघको रुपमा दर्ता भएको ...

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौँ /  निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२...

गुणस्तरअनुरुप नभएकाले मनसा सिमेन्ट उद्योग कारवाहीमा

काठमाडौँ / नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी विभागमा ल्याएर प्रयोगशालामा परीक्षण गर्दा मनसा पिपिसी सिमेन्टमा आइआरको मान २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकाले ...

स्वरोजगारको माध्यम बन्दै च्याउ खेती

लमही / पछिल्लो समय दाङमा च्याउखेती स्वरोजगारको माध्यम बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित हेमन्तपुरमा सञ्चालन भइरहेको च्याउ खेतीबाट २५ किसान स्वरोजगार बनेका छन् । नेपाल सरकार कृषि मन्त्रालय, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा सञ्चालित व्यावसायिक च्याउखेतीबाट पछिल्लो समय महिला स्वरोजगार बन्न थालेका किसान चित्रा धितालले ...

इटहरीमा १ कराेडकाे लगानीमा ‘द व्यायामशाला’ संचालनमा

इटहरी /  इटहरीमा 'द व्यायामशाला' फिटनेश सेन्टर सञ्चालनमा आएको छ । इटहरी ९ स्थित बिपीचाेकमा रु एक करोडको लागतमा साे व्यवसाय संचालनमा आएकाे हाे । व्यायामशालामा जिम, वेट ट्रेनिड, जुम्बा, क्रस पिट एकेडेमी, पर्सनल ट्रेनिड, लकर लगायतका सुविधा रहेकाे र फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । शारीरिक सुगठनका लागि फिटने...

उद्यमी महिलाहरुको उत्पादन सामग्री प्रदर्शनी

इटहरी / १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरी उपमहानगरपालिकामा महिला उद्यमीले उत्पादन गरेको समाग्री प्रर्दशनी सुरु भएको छ । इटहरी उपमहानगर परिसरमै भएको प्रदर्षनी पर्सि २४ गते सम्म चल्ने छ । प्रर्दषनीमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न समाग्रीका २८ वटा स्टलहरु राखिएको छ ।महिला उद्यमीले उत्पादन गरेका समाग्रीहरुको वजारीकरणमा सहयोग प...

बिराटनगरमा युवा उद्यमी सम्मेलन हुने

माेरङ / बिराटनगरमा बृहत् युवा उद्यमी सम्मेलन हुने भएकाे छ।  चेरी स्टुडियो प्रा. लि. ले  चैत्र २ गते बिराटनगर स्थित होटल नमस्कारमा "Young Entrepreneur Summit 2019" नामक सम्मेलन आयोजना गर्ने भएको हाे । एक दिनसम्म चल्ने सो सम्मेलनले नयाँ उद्यमी सोचलाई अगाडी ल्याएर अहिले बजारमा क्रियाशील सफल उध्यमीका बिच प्रस्तुत गरी लगानी को वातावरण सृजना गरिने चेरी स...