सम्झौताको ४२ दिनमै सडक कालोपत्र

तनहुँ / तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग ...

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र

दैलेख / नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ । डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ । पहिलो चरणमा सर्वे...

मेलम्चीकोे पानी वितरणका लागि नब्बे प्रतिशत पूर्वाधार निर्माण

काठमाडौँ / मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोध...

तेइस वर्षपछि खानेपानी आयोजना सम्पन्न

पर्वत / दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो । खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० ...

बजेट खर्च हुन नसक्दा विकास प्रभावित : दुई अर्ब बजेट फिर्ता

पाल्पा / कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको नाम समावेश छ । रु ३८ करोड ८७ पूँजीगत कूल बजेट रहेको ३३ करोड ४६ लाख गत असार...

बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति

काठमाडौँ / गत सातादेखि परेको निरन्तर वर्षाका कारण निर्माणाधीन बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति पुगेको छ । यस रेलमार्गको ७० मिटर क्षेत्रमा असर पुगेको छ । वर्षातका कारण हालै सम्पन्न भएको रेलमार्गमा क्षति पुगेको रेल विभागले जनाएको छ । कमला नदीमा तटबन्ध फुट्दा आएको बाढीले त्यस स्थानमा असर पुगेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित...

पहाडमा प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गरिने : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्न आगामी आर्थिक वर्षदेखि विशेष प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गर्नेे कार्यक्रम राखिएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सुरुङमार्गका लागि एकमुष्ट रु ६५ करोड छुट्याइएको ...

मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न

वीरगञ्ज / नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले...

खाेटाङकाे लामिडाँडा विमानस्थल भयाे कालोपत्र

खाेटाङ । जिल्लाको पुरानो लामिडाँडा विमानस्थल कालोपत्र सम्पन्न भएको छ । उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ मा पर्ने लामिडाँडा विमानस्थलमा कालोपत्र गरिएसँगै समिट एयरले उडान भरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजारको लागतमा विमानस्थल कालोपत्र गरिएको हो । विमानस्थल कालोपत्रको सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभयो । उहाँल...

एघार दिनदेखि तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प

पर्वत / मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गतेदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेका हुन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगाय...