रत्ननगर, चितवन/ पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वन क्षेत्रका महिला लोपोन्मुख पेशा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै आएका छन् ।
उक्त वनका उपोभोक्ताले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्शीय सहकारी संस्थाले जिल्ला वन कार्यालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने तालिम प्रदान गरेको हो ।
पेशा नहराओस् ...
रामपुर, पाल्पा/ रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गर्नुभएका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।
समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उहाँ चिनिनुहुन्छ । रामपुरको बजार बढ्दै गएपछि अहिल...
कालीकोट, जिल्लामा ढुवानीको प्रमुख साधनका रुपमा लिइएको खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ ।
रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म यातायातको सुविधा भएपछि खच्चर व्यवसाय ओझेलमा परेको हो । कुनै समयमा स्थानीयले आफैँ बोक्ने भारी पछिल्लो समयमा खच्चरमा ढुवानी गर्न थालिएको थियो । खच्चर किन्नका लागि एक समयमा प्रतिस्पर्धा नै चल्थ्यो । तर अहि...
ताप्लेजुङ / “पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयोे । काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आउनुभएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई÷तीन वर्षअघिसम्म उक्त आरा उहाँको काँधमा हुन्थ्यो । सार्की ...
ताप्लेजुङ, २३ साउन । केटिएम सिटिको शाखा तथा सोरुम ताप्लेजुङमा पनि विस्तार भएरको छ । जेन्स तथा लेडिज कपडा विक्रि वितरण गर्दै आएको केटिम सिटिले सर्वसाधरणलाई सहुलियत प्रदान गर्ने उद्धेश्यले ताप्लेजुङमा पनि शाखा सञ्चालनमा ल्याएको हो । ताप्लेजुङ सदरमुकाम स्थित विरेन्द्रचौकमा सञ्चालित शाखा तथा सोरुमको सोमबार विशेष कार्यक्रमका विच उद्घाटन गरिएको छ । ...
काठमाडौँ । उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी उच्च प्राथमिकता दिने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणका लागि आर्थिक सुधार गर्ने, स्वदेशी कच्चा पदार...
इटहरी । इटहरीमा विगत ७ बर्षदेखि आयुर्वेद उपचारमा सेवा प्रदान गर्दै आएको सृष्टि संजिवनी आयुर्वेद पोलिक्लिनिक प्रालिले आइतवारबाट आफ्नो थप सेवा विस्तार गरेको छ । यो प्रालिले इटहरी ८ स्थित वी.पी. चौंक कस्तुरी कलेज रोड पश्चिममा थप सेवाका रुपमा योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनको शुभारम्भ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ल...
इटहरी / सुनसरीकाे इटहरी स्थति हाेटल प्रिमियर स्कुलका बिद्यार्थीहरूलार्इ अन्तराष्ट्रिय स्तरकाे खानाका प्रकारहरूकाे बिषयमा पाँच दिने तालिम प्रदान थालिएकाे छ । ६ महिनाकाे पढाइ सकेर बिदेसमा इन्टरसिप गर्ने तयारी अन्तरगत अन्तिम तयारीकालागी उक्त तालिम प्रदान गरिएकाे हाे ।
काठमाण्डाै स्थित गेट कलेजका फुड हाईजिन प्रमुख प्रशिक्षक सेफ कुमार चालिसेले अ...
काठमाडौँ, ३० मङ्सिर । युवा, विद्यार्थी, युवा सङ्गठन, नागरिक समाजलगायत प्रतिनिधको सहभागितामा रहेको आजको एक कार्यक्रमबाट ‘नेपाली युवाको भावी रोजगारीका लागि घोषणापत्र’ जारी गरिएको छ । घोषणापत्रमा नेपाली युवाका लागि रोजगारीको अवसर बढाउनुपर्ने, नीतिनिर्माण तहमा तिनको प्रतिनिधित्व बढाउनुपर्ने, युवाको उद्यमशीलता र स्वरोजगार विकास गर्नुपर्ने, मर्यादित श्र...
काठमाडौँ, २८ मङ्सिर । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना ...