अर्घाखाँची / अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहीत सेवा थालिएकाे मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए ।
मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अ...
काठमान्डाैं / भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा मात्र ५१ अर्ब बढिको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो । पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो । फोनपेको नेटवर्क प्...
काठमाडौं / सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निश्कर्षमा सहकारी विभाग पुगेको हो ।
बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकसमेत स्थगीत भएकाे विभाग स्रोतले जानकारी...
काठमाडौं / नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्न ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा बिहान साढे ९ बजेका लागि ३७औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोक...
काठमाडौं / लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेपछि समाधानको उपाय खोज्नका लागि सहकारीकर्मीहरू छलफलमा जुटेका छन् । मंगलबार ललितपुर सहकारी अभियानको आयोजनामा तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयमा छलफल हुँदै छ । छलफलमा सहकारीको नियामक निकाय संघीय सहकारी विभागका साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून), राष्ट्रिय सहकारी बैंकल...
काठमाडौं / कर्णाली प्रदेशका सहकारी संस्थाहरुमा बचतभन्दा सेयर पुँजीको अवस्था बलियो रहेको पाइएको छ । प्रदेशभित्र संचालनमा रहेका ७५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुमा ८ अर्ब १९ करोड रुपैयाँ पुँजी रहेकोमा यी संस्थाहरुले ६ अर्ब ६१ करोड बचत संकलन गरी ९ अर्ब ८८ करोड कर्जा लगानी गरेका छन् । सहकारी ऐन-२०७४ को व्यवस्था अनुसार सहकारी संघसंस्थाहरुले प्राथमिक पु...
काठमाडौं / नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ ।
सोमबार कारोबार खुल्दा सोही मूल्यलाई आधार मानेर खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपै...
काठमाडौं / छिमेक लघुवित्तले २३ पुसमा वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजे २० औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेस हुनेछ । यस्तै, प्रबन्धपत्र र निय...
खोटाङ / डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले दिक्तेलबजारमा वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने/गराउने लक्ष्यका साथ बैंकले आइतबार जिल्ला समन्वय समितिको सभाहलमा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरेको हो ।
डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्सा...
काठमाडौं / केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैया...