ठूलो व्यापारिक केन्द्रमा एटिएम नहुँदा समस्या

उदयपुर / उदयपुरको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारीमा एटिएम मेसिन नहुँदा सेवाग्राहीहरुलाई समस्या हुने गरेको छ । दैनिक दुई सय पचासको संख्यामा चेक साट्न सेवाग्राहीहरु राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीमा आईपुग्ने गरेका छन् । एटिएम नहुँदा सेवाग्राहीहरुले दैनिक लामो समयसम्म लाईनमा बस्नु पर्ने वाध्यता रहेको छ ।   आकस्मिक प्रयोजनका लागि पैसा ...

सिर्जना फाइनान्सको शाखा पथरीमा

नेपाल राष्ट्र बैंकबाट २०५६ सालमा ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने ईजाजत पाएको सिर्जना फाइनान्स लिमिटेडले मोरङको पथरीशनिश्चरे नगरपालिकाको पथरी बजारमा १९ औ शाखा संचालनमा ल्याएकोे छ । २०७३ चैत्र १ गते देखि नै पथरीमा बैंकिङ कारोबार संचालन गरिरहेको उक्त शाखा को विधिवत उद्घघाट वैशाख २४ गते आईतबार भएको छ । फाईनान्सको उद्धघाटन पथरी उद्योग बाणिज्य संघका अध्...

ग्लोबल आइएमई बैंकको एटिएम सेवा नयाँ बानेश्वरमा

काठमाडौँ। ग्लोबल आइएमई बैंकले काठमाण्डौँको नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९४ वटा शाखा ६ वटा एक्स...

सनराइज बैंककाे १६ अाै शाखा सुनसरीकाे कालाबञ्जारमा

इटहरी । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्य अनुसार आफ्नो थप तीन वटा शाखारहित बैंकिङ्ग सेवा ईलाम जिल्लाको मै–जोग्माई वडा नं. ३, शुक्रबारे बजार, तथा सुनसरी जिल्लाको चिमडी गा.वि.स. हाल बर्जु गाँउ पालिका वडा नं. ६ चिमडी बजार र सुनसरी जिल्लाकै बराहा नगरपालिका वडा नं. ५, कालाबन्जरमा श...

निर्वाचनको उत्साह सेयर बजारमा

काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन आज धितोपत्र बजारमा करिब रु ९३ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल एक सय ४३ कंका १५ लाख ४८ हजार कित्ता सेयर रु ९२ करोड ९० लाखमा खरिद बिक्री भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनक...

मुद्रास्फीति २ दशमलव ९ प्रतिशत : राष्ट्र बैंक

काठमाडौँ / चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ ।  नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिनुभयो ।  उहाँले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति आ...

सेयर कारोबार सामान्य बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशतले घटेको छ । कुल १४३ कम्पनीको १४ लाख ५१ हजार ५२० कित्ता सेयर रु एक अर्ब १...

दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौँ । निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ । कुल १४२ कम्पनीको २२ लाख नौ हजार ९३१ कित्ता सेयर रु एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२...

एलसीसी ट्रान्स सेन्डिङ लिमिटेड र सीटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता

काठमाडौं एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) र सिटी एक्सप्रेस मनी ट्रान्सफरले आपसी रूपमा रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । यही अप्रिल महिनादेखि यो सम्झौताबाट एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेडको नेपालमा सञ्जाल बिस्तार भएको छ । यससँगै सिटी एक्सप्रेसको सेवामा नयाँ आयाम थपिएको छ भने अब नेपालमा रहेका सिटी...

सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने

काठमाडौँ । सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न लागिएको हो । अर्थमन्त्रालयले बैंक तथा व...