सुनसरी / सुनसरीकाे धरानमा कैलाश विकास बैंककाे ७० अाैं शाखाकाे शुभारम्भ भएकाे छ । धरान शाखाको उद्घाटन प्रदेश नं. १ का आर्थिक तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले गरेका छन्। धरानकाे शाखासहित बैंकको कुल शाखा संख्या ७० पुगेकाे छ। बैंकका २६ एटिएम पुगेका छन्। बैंकले बाँंकेको नेपालगंज, दाङको तुल्सीपुर, झापाको बिर्तामोड, सुनसरीको धरान र अन्य विभि...
पथरी / बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)ले सोमबार मोरङको लेटाङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरेको छ ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेफ्स्कुनले देशभरमा २२ वटा फिल्ड कार्यलय रहेका भन्र्दै लेटाङमा पहिलो संपर्क कार्यलय संचालनमा ल्याएको सङ्घका कोषाध्यक्ष केशव पोख्रेलले बताउनु...
काठमाडौँ / म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । घलेम्दी हाइड्रो पावर प्रालिले म्याग्दीमा चार मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले के...
विराटनगर / नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड १ नम्बर प्रदेशको अध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् । विराटनगरमा सोमबार भएको एक भेलाले श्रेष्ठ अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शुष्मा पुन, सचिवमा एलेम्स श्रेष्ठ, सहसचिवमा पर्शुराम खड्का, कोषाध्यक्षमा देवेन्द्र कुमार र सह–कोषध्यक्षमा किरण घिमिरे चयन भएका छन् ।...
काठमाडौँ / नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त ...
मोरङ / मोरङ सुन्दरहरैंचाको विराटचोकमा नेपाल बैंक लिमिटेडले ८२ औं बार्षिक उत्सवको अवसरमा शाखा विस्तार गरि आफ्नो बैंकिङ कारोवारलाई अघि बढाएको छ । नेपाल बैंक शाखाको समुद्घाटन प्रदेश सभा सदस्य राजकुमार ओमmाले गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गदै नेपाल बैंक लिमिटेडले सरल तथा सहज रुपमा ग्राहकहरुलाई सेवा सुविधा प्रदान गरेर यस क्षेत्रमा देखि...
काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा...
काठमाडौँ / कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा रु एक लाख तथा घातक रोगको उपचारका लागि रु १० लाखको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । सो बीमा योजना आगामी मङ्सि...
इटहरी / कार्तिक १६ गते– जनता बचत तथा ऋण सहकारी संस्था ईटहरीले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा आधा दर्जन भन्दा बढी ब्यक्तिहरुलाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बचतकर्ता मिना अधिकारी, असल ऋणी दिलमाया राईलाइ सम्मान गरेको छ । यस्तै बृद्ध महिलाहरु तिलोत्तमा ढकाल, ईन्द्रमाया काफ्ले, कृष्णकुमारी खतिवडा बृद्ध पुरुषहरुमा रघुनाथ सिग्देल, नेत्रप्रसाद ...
काठमाडौँ / नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो ।
ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले आज एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते पर...