मेलम्चीको पानी दुई महीनापछि काठमाडौँमा

काठमाडौँ / काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभयो । कँडेलका अनुस...

निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

काठमाडौँ / सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको र...

१ खर्ब १६ अर्बको लागतमा बन्ने भयो काठमाण्डौ उपत्यकामा चक्रपथ मनोरेल

काठमाण्डौ महानगरपालिकामा बन्ने मनोरेल निर्माणको प्रारम्भिक अध्ययन पुरा भएको छ । चक्रपथमा बन्ने मनोरेल निर्माणबारे प्रारम्भिक अध्ययन पुरा भएको हो । उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने भएको छ । चिनियाँ कम्पनी सिसिआरसीले प्रतिवेदनमा उल्लेख गरेको हो । चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने दावी सहितको प्रतिवेदन मनोरेल सञ्चालन सम...

६७ लाखको लागतमा इनरुवामा झोलुङगे पुल निर्माण

इनरुवा / रु ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न दातृ निकायको आर्थिक तथा जिन्सी सहयोग र जनश्रमदानबाट रु ६७ लाख ४८ हजार ४४४ को लागतमा पुल निर्माण सम्पन्न भएको बबिया ढिक झोलुङ्गे पुल निर्माण उपभोक्ता समि...

नेपालको पहिलो एवम् बहु प्रतीक्षित कलङ्की अण्डरपास अायाे सञ्चालनमा

काठमाडौँ / नेपालको पहिलो एवम् बहु प्रतीक्षित कलङ्की अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो । “दुई लेनमा निर्माण सामग्री राखिएकाल...

स्थानिय स्तरमा रकम संकलन गरेर खेवाटारबासीले गरे सडक मर्मत

संखुवासभा / चिचिला गाउँपालिका २ खेवाटारबासीले रकम संकलन गरेर सडक मर्मत गरेका छन् । वर्षाले सडक बिग्रीएपछि उनीहरुले रकम संकलन गरेर सडक मर्मत गरेका हुन् । उन्नति परियोजनाले निर्माण गरेको भ्याङ्खोला–तम्बे सडक खण्डको गैरिआङ्ला–खेवाटारको करिब १ किलोमिटर सडक मर्मत गरेका छन् । उक्त सडक प्रयोग गर्ने मोटर साईकल चालक, स्थानीय व्यापारीहरुले संकलन गरेको १७ हजा...

विकासको गति बढाउन सुझाव

चितवन / राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भन्नुभयो । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “क...

दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौँ / सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा...

पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यस वरपरका क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावना रहेका कारण त्यहाँ पर्यटनको लागि पूर्वाधार विकास गर्न लागिएको छ । पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका परिचित गराउने लक्ष्य लिइएको ...

निर्माण कार्य पुरा नभई भुक्तानी

तेह्रथु / म्याङलुङ नगरपालिका–५ , जिरिखिम्ती माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र परेको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने उदेश्यले बनाउन सुरु गरिएको पशुहाट बजारको निर्माण समितिले बिचैमा काम छाडेपछि अलपत्र भएको हो । पशुहाट निर्माणका लागी पशुपंक्षी बिकास मन्त्रालयद्धारा एक कर...