दूधकोशीमा बेलिब्रिज बन्ने

सोलुखुम्बु / जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन् । कोशी पारीको सावीक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल रहेको उक्त...

गाईघाट दिक्तेल सडक सञ्चालन

उदयपुर / उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा बेलिब्रिज जडानपछि उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष यातायात सञ्चालन भएको छ । मङ्सिर १५ गतेदेखि जडान शुरु गरिएको उक्त बेलिब्रिज बिहीबार सम्पन्न भएपछि शुक्रबारदेखि औपचारिक रुपमा गाईघाट दिक्तेलसम्म प्रत्यक्ष यातायात...

केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

काठमाडौँ / रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्र...

जोगवनी–किमाथाङ्का सडक निर्माण कार्य सेनालाई दिने तयारी

संखुवासभा / (कोशी राजमार्ग) जोगवनी—किमाथाङ्का सडकखण्डको भिर फुटाउने जिम्मा नेपाली सेनालाई दिने तयारी भएको छ । दुई ठूला छिमेकी मुलुक भारत र चीन जोड्ने त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का सडकखण्डको भिर फुटाउने जिम्मा नेपाली सेना दिने अन्तिम तयारी भएको उत्तर–दक्षिण (कोशी सडक) आयोजनाले जनाएको छ । चीन र भारत जोड्ने सबैभन्दा छ...

कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने

ललितपुर / कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय ग...

कालीञ्चोकमा केबुलकार सञ्चालन

जिरी / दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । कालीञ्...

तीन रेल सेवाको सर्भेक्षण हुँदै

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उहाँले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । महासचिव यचुरीले नेप...

भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको सभा भवन बनाइने

काठमाडौँ / शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो भवन बनाउन तयारी गरिएको जानकारी दिनुभयो । मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन ...

बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला

दमौली / बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो । बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दि...

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

तुलसीपुर / लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्दे...