कृषकहरु अलैंची खेतितर्फ आकर्षित

संखुवासभा / मूल्यमा गिरावट आएको भन्दै संखुवासभाका अलैंची कृषकहरुले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका –२ मैयुमका सन्जय शेर्पा भने अलैंची खेतितर्फ आकर्षित भएका छन् । ४ बर्ष अगाडी परिक्षणको रुपमा धान खेति घटाएर अलैंची खेति तर्फ आकर्षित भएका शेर्पाले अलैंची लगाएको ३ बर्ष नबित्दै ७ मन अलैंची फलाए । प्रतिमन ४० हजारका दरले २ लाख ८० हजार आम्दानी भएपछि ...

दाङमा रुद्राक्षका बिरुवा वितरण

दाङ/ लमही नगरपालिकाले वडा नंंं ३ का स्थानीय तथा संघसंस्थालाई निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण गरेको छ । इलाका वन कार्यालय लमहीको सहयोगमा तथा लमही नगरपालिकाको आयोजनामा सो बिरुवा वितरण गरिएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिनुभयो । प्रत्येक घर परिवारलाई दुईवटा र शैक्षिक संघसंस्थालाई पाँच वटाका दरले बिरुवा वितरण गरेको पनि उहाँले ज...

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र इटहरीमा कर्मचारीले नै गरे तालाबन्दी

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा विहीबार यहाँका कर्मचारीहरुले तालाबन्दी गरेका छन् । क्षेत्रीय निर्देशक रामबलि साह, लेखापाल सोभितलाल यादव र प्रशासकीय अधिकृतकृष्णप्रसाद पोखरेलको कार्यालयमा करीब तीन दर्जन बढी कर्मचारीहरुले सामूहिक रुपमा तालाबन्दी गरेका हुन् । उनीहरुले गोप्य रुपमा नै अनियमित कार्य गरेको भन्दै तालाबन्दी गरिएको कर्मचारीहरुले बताए...

टमाटर भारत निकासी नभएपछि समस्या बुझन् स्थानिय सरकार कृषकको बारीमै पुग्यो

पाँचथर / विगत एक महिनादेखि टमाटर भारत निकासी नहुँदा चिन्तित बनेका पाँचथरको याङवरक र हिलिहाङका कृषकको बारीमै पुगेर जनप्रतिनिधी सहितको टोलीले अनुगमन गरेको छ । ती गाउँपालिमामा उत्पादन भएको गोलभेडा जिल्लाकै विभिन्न बजारमा लगेर विक्री गर्ने वातावरण बन्ने हो भने भारत सम्म लैजानु नपर्ने निष्कर्ष टोलीले निकालेको छ । याङवरक गाउँपालिका उपाध्यक्ष कमला ...

मरिच बिक्री नहुँदा किसान मारमा

भद्रपुर / तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् । अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा १७ मेट्रिक टन मरिच...

प्रदेश नं ७ मा ९५.५ प्रतिशत धान रोपाइँ

भीमदत्तनगर / प्रदेश नं ७ मा ९५.५ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँको नौ वटै जिल्लामा गरी कूल एक लाख ७६ हजार ९८६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल, डोटीले जनाएको छ । क्षेत्रीय कृषि निर्देशनालय दिपायलका प्राविधिक सहायक सरिता पन्तले प्रदेश नं ७ मा एक लाख ६९ हजार ९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको जानकारी दिन...

अन्नबाली छाडेर तरकारीखेती

कृषि पेशामा व्यावसायिक बन्दै जाँदा अन्नबाली लगाउन छाडेर तरकारीबालीमा आकर्षित हुने किसानको संख्या बढ्न थालेको छ । अन्नबालीमा भन्दा तरकारी बालीमा समय कम लाग्ने र उत्पादन धेरै पाउने हुँदा किसान तरकारी बालीतर्फ आकर्षित भएका हुन् । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)अन्तर्गतको राष्ट्रियबाली विज्ञान महाशाखाका प्राविधिक अतित पराजुलीका अनुसार व्यावसायिक किस...

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी / यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताउनुभयो । “बोरिङबाट पानी तानेर ध...

कञ्चनपुर नगरपालिकामा दुई दशकदेखि तरकारीखेती

भीमदत्तनगर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् ।गाउँमा ‘संगत तरकारीबाली कृषक समूह’ गठन गरेर तरकारीखेतीका लागि ऋण प्रवाहसमेत गर्दै आएका उनीहरू तरकारीका विक्रीका लागि बजारको समस्या रहेको बताउँछन् । समूहका पूर्व अध्यक्ष परदेशी डगौँराले २०५२ सालमा समूह गठन गरेर गाउँका किसान एक...

च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप

इटहरी / मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गर...