जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

सुर्खेत / जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दि...

निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण ९५ प्रतिशत पूरा

रसुवा / उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार हेड्रेस, पेनस्टक, टेलरेस सुरुङ र विद्युतगृह समेतका स्थानमा निर्माण गर्नुपर्ने करीब नौ किमी सुरुङमध्ये ९५ प्रतिशत काम पूरा भएको छ । बाँकी सुरुङ निर्माणको काम दु्रत गतीमा भइरहेको छ । सुरुङ निर्माणको साथसाथै भारी वर्षालाई...

काबेली करिडोर प्रसारण लाइनको थपियो पुनः म्याद

काठमाडौँ / विसं २०७४ फागुन २७ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा पुगेर यही असार मसान्तभित्र काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभएको थियो । यस्तै निर्देशक घिसिङले पाँचथरको जोरसल्लामा पनि आयोजनाको ठेकेदार, आयोजनाका प्रमुखलाई त्यस्तै निर्द...

विद्युत्को मूल्य बढाउने प्रस्ताव अस्वीकार

काठमाडौँ / नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को मूल्य बढाउन...

प्रसारण लाइन गुरुयोजना : २२ वर्षमा आठ हजार किलोमिटर लाइन बनाइने

काठमाडौँ / सरकारले मुलुकलाई विभिन्न पाँच क्षेत्रमा विभाजन गरी योजनाबद्ध प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण गुरुयोजना सार्वजनिक गरेको छ । सन् २०४० सम्मको विद्युत् उत्पादन तथा आवश्यक प्रसारण प्रणालीको लेखाजोखा गरेर उक्त गुरुयोजना तयार पारिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री वर्षमान प...

सातै प्रदेशमा मेगा आयोजना : ऊर्जामन्त्री

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दाे सिँचाइ व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँल...

त्रिशूली–गल्छी आयोजनामा चिनियाँ लगानी

नुवाकोट / सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीनको आंैपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्ने सम्बन्धी गत बुधबा...

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ / नेपाल विद्युत्् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत्् आपूर्ति बन्द हुने बताएको छ । प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजे देखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर ...

ठूला क्षमताका सौर्य प्रणालीलाई ग्रिडमा जडान गर्न जनशक्ति तयार गर्नुपर्नेमा जोड

ललितपुर, ८ असार ९रासस० ः सरकारले पाँच वर्षभित्र ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा त्यसका लागि दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइएको छ । ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि स्वदेशमै दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले सञ्चालित तालीम समापनका अवसरमा सहभागी विज्ञहरुले विश्वका विकसित तथा विकाशोन्मुख...

रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ / नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रीड कर्पोरेशन अफ चाइनाबीच सो प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको...