‘बाख्रा हब’को रुपमा विकसित हुँदै मौजा गाउँ, बाख्रापालनबाट वार्षिक ७० लाख

पोखरा / अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँम...

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट

अछाम / माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी आज बिहान प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ । बम विस्फोटबाट घरको पूर्वति...

विदेशबाट रित्तो हात : तरकारी खेतीबाट फलिफाप

गलेश्वर / जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा...

जेठमै रोपाइँको चटारो

बागलुङ / यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । “धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्”, गलकोट नगरपालिका–७ का विनोद खड्काले भन्नुभ...

पूर्वका चार जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार

झापा / पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भ...

चैते धानमा घाँटी मोरुवा रोगको समस्या

चितवन / पूर्वी चितवनमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोग देखापर्न थालेको छ । जसका कारण राप्ती र खैरहनी नगरपालिकाका कृषक प्रभावित भएका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार ढुसीका कारण यो रोग देखा परेको हो । हर्दिनाथ एक नामको धानमा यो समस्या देखिएको छ । धानमा बाला पसाउने समयमा बालामुनिको घाँटीमा जीवाणुले आ...

यस कारण राष्ट्रिय गौरवमा प¥यो सुनकोशी मरिन डाइभर्सन

काठमाडौँ / भेरी बबई डाइभर्सन आयोजनाको सफलतासँगै सरकारले नदी स्थानान्तरण परियोजनालाई एकपछि अर्को गर्दै अगाडि बढाउने सोचका साथ काम शुरु गरेको छ । नेपालमा नै पहिलो पटक टनेल बोरिङ मेशिन(टिबिएम)को प्रयोग गरी भेरी बबई डाइभर्सन आयोजनाको काम अगाडि बढाउँदा एक वर्ष पहिल्यै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । सो आयोजनाको सफलतापछि सरकारले अर्को नदी स्थानान...

पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

झापा । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचन...

रुपनी सवस्टेशन सञ्चालनमा, सप्तरीका उपभोक्तालाई राहत मिल्ने

काठमाडौं / सप्तरीका नागरिकको एउटै गुनासो हुन्थ्यो, निरन्तर रुपमा गतिलो विद्युत् प्राप्त हुन सकेन । स्थानीय नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रसँग सप्तरीवासीले गर्ने गुनासो थियो, भोल्टेजमा समस्या नभएको विद्युत् कहिले पाइन्छ ? स्थानीय राजनीतिक नेतृत्वले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सोही विषयमा निरन्तर ध्यानाकर्षण गराउँदै आएको थियो । ...

पाथिभरा आईपिएम कृषक पाठशाला अन्र्तगत १ लाख ३५ हजार रुपैयाको गोलभेडा उत्पादन

पाँचथर / कृषक दिवशको अवसर पारेर ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नम्बर २ थेचम्बुमा पाथिभरा आईपिएम कृषक पाठशालाको आइतबार समापन गरिएको छ । समापन समारोहलाई वोल्दै वक्ताहरुले अवको स्थानिय तहले कृषि क्षेत्र अन्र्तगत कृषक पाठशालालाई प्राथामिक्ता दिने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिती ताप्लेजुङका प्रमुख धनेन्द्र मादेन,पाथिभरा याङव...