लमजुङका किसानलाई अलैंची टिप्न भ्याइनभ्याई

लमजुङ / लमजुङका किसान अलैंची टिप्न व्यस्त छन् । अलैंची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका हुन् । अलैंची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि गाउँ फर्किएका छन् । विशेषगरी कोरोनाका कारण पनि सहर बस्नेहरू गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडाका अलैंची कृषक लोकनाथ घिमिरेले बताए । जिल्लाका अलैंची...

विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण

तेह्रथुम / विदेशबाट फर्किएका तेह्रथुमका युवाहरू किबी खेतीतर्फ आकषर्ण बढ्न थालेको छ । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले किबी खेतीतर्फ किसानहरू आकर्षित बनेका हुन् । जिल्लाको ग्रामिण भेगहरूमा यतिबेला किबी खेतीको विस्तार हुनेक्रम बढ्दो छ । नयाँ फल भएकाले पनि किबी खेतीलाई किसानले विस्तार गर्दै गएका छन् । घमाइलो तथा मलिलो माटोमा उत्पादन हुने भएका...

अगहनी धानमा रोग र कीराको प्रकोप, चिन्तामा किसान

वीरगन्ज / पर्सामा लगाइएको अगहनी धानको बोटमा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । बेलैमा रोपाइँ गरी खुसी भएका पर्साका किसान धानको बिरुवामा रोग र कीराको प्रकोप देखिएपछि उत्पादन गुम्ने चिन्ताले पिरोलिएका हुन् । सिथब्लाइट रोगका कारण धानको बिरुवा सुक्न र सड्न थालेपछि किसान चिन्तित देखिएका छन् । विन्दवासनी गाउँपालिका–१...

खसी, बोका बिक्रीबाट करोडको आम्दानी !

स्याङ्जा / स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो । मलेसिया, दुबई र भारतका विभिन्न कम्पनीमा रोजगारी गर्नुभएका उहाँलाई घर छोडेर टाढा विदेशी भूमिमा बस्दा मन खिन्न हुन्थ्यो । उहाँलाई परिवारसँ...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिल...

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

डोटी / पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँ...

धानबालीमा रोग लागेपछि किसान चिन्तित

नवलपरासी( / नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उहाँले भन्नुभयो । यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने ...

झापामा ‘ड्रागन फ्रुट’ खेतीको लहर

झापा / गत वर्ष कोरोना महामारीले बन्दाबन्दी शुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै हुनुहुन्थ्यो । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले प्रोत्साहित गरेपछि उहाँले ड्रागन फ्रुटको खेतीबारे युट्युबबाटै खेती र प्रविधिको प्रशस्त जानकारी लिनुभयो । बन्दाबन्दीमा हात बाँधेर बस्नुभन्दा नयाँ पौरख गरौँ भन्ने हुटहुटीले...

एक वर्षमै लटरम्म फल्न थाले स्याउ, ढुवानी गर्न बारीमै हेलिप्याड

गाेरखा / उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न सुरू गरेको छ। गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो। चुमनुब्री गाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए...

प्रदेश नं १ मा गत वर्षभन्दा बढी रोपाइँ

विराटनगर / प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्...