पूर्वाधार क्षेत्र विकास कार्यक्रमको बजेटको ठूलो हिस्सा सडकमा

पर्वत । पर्वत जिल्लाबाट निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजनमा सडक निर्माण तथा मर्मत कार्यलाई प्राथमिकता दिएका छन् । जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्सालले सडकको स्तरोन्नति तथा निर्माण कार्यमा जोड दिनुभएको हो । सांसद जोश...

कति छ आज सुनको मूल्य ?

काठमाडाैं । आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य बढेको छ । हिजो ७ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

विदेश गएका पनि फर्किए : बोका–पाठी बेचेर १५ लाख आम्दानी

मोरङ । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीको । सुवेदी परिवारको खुसी शब्...

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

सङ्खुवासभा । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार हालसम्म करिब ९४ प्रतिशत निजी जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिसकिएको छ । यसै महिनाभित्र बाँकी रहेका सबै जग्गाधनीलाई मुआब्जा रकम वितरण ...

लगानी सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री जोशीको आह्वान

काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुन १९ र २० गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी भई नेपालका सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आह्वान गर्नुभएको छ । उद्योग मन्त्रालयले आज यहाँ आयोजना गरेको नेपालस्थित विभिन्न देशका राजदूत एवम् कूटनीतिक नियोगका प्रमुखसँगको अन्तक्र्रियामा उहाँले राजनीतिक एवम् नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै ...

तरकारी खेतीका लागि पन्ध्र युवालाई नौ लाख अनुदान रकम

कञ्चनपुर । युवा जनशक्तिलाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक तरकारी खेतीका लागि १५ युवालाई रु नौ लाख अनुदान रकम उपलब्ध गराउने सम्झौता गरेको छ । स्वदेशमै व्यावसायिक तरकारी खेती गरी रोजगारीका अवसर सिर्जना गर्न कार्यालयले युवा लक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत रु ६० हजारका दरले अनुदान रकम उपलब्ध गराउने सम्...

सुनको मूल्य बढ्यो

काठमाडौं । तीन दिनयता सुनको मूल्य झर्ने क्रम रोकिएको छ। गत शुक्रबार ५१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आइतबार २ सयले बढेर ५१ हजार ९ सय रुपैयाँ कायम भयो। त्यस्तै सोमबार फेरि १ सय रुपैयाँ बढेर ५२ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा मंगलबार पनि सोही मूल्य निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि केही...

बसपार्क बनाउने योजना अधुरै

बागलुङ । दुई वर्षअघि सुरु भएको ‘बागलुङ बसपार्क’ निर्माण योजना अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बागलुङ नगरपालिका–११ का बासिन्दाले बसपार्क बनाउन रु ७० करोड बराबरको जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क निर्माण कार्य अघि बढाइएको छैन । अवरुद्ध बनेको बसपार्क निर...

सडक खुले पनि नाका अझै खुलेन

चौतारा । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन । चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब २१ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न नसकेको हो । सो क्षेत्रमा चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र ...

एकबिहानै नेपालका प्रमुख शहरहरुमा ‘नो कम्प्रोमाइज’का प्लेकार्ड, खास अर्थ यस्ताे पाे रहेछ !

काठमाडौं, ४ पौष / नेपालका विभिन्न प्रमुख शहरका चोक, अस्पताल, सार्वजनिक क्षेत्र, मन्दिर परिसर, चौर, मनोरञ्जनका स्थानहरुमा विभिन्न सन्देशमूलक प्ले कार्ड बोकेर मानिसहरु को हुन् ? किन यो प्रसङ्गका बोर्डहरु उभिएका छन् ? आखिर किन र कसका लागि यिनिहरु यस्ता बोर्डहरु बोकेका छन् त ? खासमा उनिहरुले प्रदान गर्न खोजेको सन्देश के र कसका लागि भन्ने कुरा आम मानि...