मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन : डेपुटी गभर्नर शिवाकोटी

म्याग्दी । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताउनुभएको छ । नेपाल बैँक लिमिटेड म्याग्दी शाखाद्वारा आज सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागिपरे...

सडक विस्तारले पदमार्ग विस्थापित

म्याग्दी । केही वर्ष अगाडिसम्म पर्यटकको निकै चहलपहल हुने म्याग्दीको घार, शिख र फलाटेका होटल अहिले सुनसान बनेका छन् । सडक सञ्जालको विस्तारले विश्वमै प्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्राले समेटिएको पोखरेबगर–घार–शिख हुँदै घोरेपानी पुग्ने यस खण्डको पदमार्गमा पर्यटकको आगमन घट्न थालेपछि होटल सुनसान बनेका हुन् । पदमार्ग हुँदै सडक विस्तारले धुलो, हिलो र सवार...

आर्थिक समृद्धि र विकास अबको आवश्यकता – मन्त्री जोशी

पोखरा । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले राष्ट्रका लागि आर्थिक समृद्धि र विकास आवश्यक भएको बताउनुभएको छ । कास्कीको भरतपोखरी बरभोटेनीस्थित चण्डी माध्यामिक विद्यालयलाई बालमैत्रीपूर्ण विद्यालय बनाउने शुभारम्भ कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले राजनीतिक रुपमा विभाजित बने पनि दलहरू विकास निर्माण, सामाजिक तथा आर्थिक समुन्नतिका लागि एकाकार बन्न...

घरेलु उत्पादन मार्फत जीवन निर्वाह गर्ने हरु

इटहरी । चिटिक्क परेका दापमा टलक्क टल्कने लोभलाग्दा खुकुरी वेचेर भोजपुरका कुमार सँसखको परिवार धानिएको छ । १० बर्ष भयो वाहाँले खुकुरीको ब्यवसाय गरेको । उहाँ धनकुटाको हिलेमा भोजपुरे खुकुरीको उद्योग सञ्चान गरिरहनुभएको छ । ससंखका उत्पादन काठमांडौ हुँदै विदेश निर्यात हुन्छन् । वाहा भन्नुहुन्छ–“ नेपालमा भन्दा विदेशमा भोजपुरे खुकुरीको माग राम्रो छ । ” वि...

राँगापालनबाट फाइदा लिन चाहन्छ सुरेन्द्र

पोखरा । गाईभैँसी, बाख्रापालनलगायतका व्यवसाय गरेर कमाइ गरेको चर्चा सुनिन्छ तर कास्कीको लेखनाथ नगरपालिका–१२ खुदीका एक युवकले भने राँगापालन व्यवसाय सुरु गर्नुभएको छ । लमजुङको सिम्पानी गाविस–३ घर भई लेखनाथ नपामा बस्दै आउनुभएका वर्ष ४० का सुरेन्द्र थापाले २५ वटा राँगा पालेर आफ्नो व्यवसाय सुरु गर्नुभएको छ । दूध दिने वस्तुभाउ पाल्दा धेरै मेहनत र लगानी पर्...

सुन माघयताकै सस्तो

काठमाडौं। सुन गत वर्षको माघ महिनायताकै सस्तो भएको छ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ सस्तिएको छ। ४ सयले सस्तिएपछि सुनको मूल्य प्रतितोला ५३ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत वर्षको माघ २५ गते सुन प्रतितोला ५३ हजार रुपैयाँमै कारोबार भएको थियो। त्यसयता सुनको मूल्य सोभन्दा बढी कायम हुँदै आएको थियो। माघ २२ गते सुनको मूल्य ...

विकास खर्च ९० प्रतिशत पु¥याउन निर्देशन

काठमाडौँ । चालु आवको विकास खर्च ९० प्रतिशत पु¥याउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विकास निर्माणसँग सम्बन्धित खर्चलाई प्राथमिकता दिई उत्पादनशील एवम् पुँजीगत खर्च वृद्धि गर्न समितिको आजको बैठकले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई न...

औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा

लहान । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा परेको छ । असुरक्षा, औद्योगिक वातारण तथा लगानी पुँजीको अभाव देखाउँदै लामो समयदेखि बन्द भएका उद्योग पुनः सञ्चालनमा आउने वा नआउने अन्योलताका कारण नयाँ उद्योग भित्रिन नसक्दा औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा पर्न थालेको हो । सदरमुकाम राजविराजदेखि करिब तीन किलोमिटर उत्तरमा रहेक...

राष्ट्रिय योजना आयोगबाट बजेट सिलिङ प्राप्त

भद्रपुर । राष्ट्रिय योजना आयोगबाट झापाका लागि बजेट सिलिङ प्राप्त भएको छ । स्थानीय निकाय र जिविसअन्तर्गतका विषयगत कार्यालयलाई आव २०७४÷७५ का लागि रु तीन अर्ब १३ करोड ५५ लाख ५८ हजार बजेट सिलिङ प्राप्त भएको जिविसका सूचना अधिकृत प्रकाश चौधरीले जानकारी दिनुभयो । सिलिङअनुसार पुँजीगततर्फ रु ९० करोड ६१ लाख ३५ हजार र चालुतर्फ रु दुई अर्ब २२ करोड ९४ लाख खर...

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकसाथ चालीस स्थानमा काम

काठमाडौँ, २२ मङ्सिर । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन जिल्लामा वितरणका लागि हाल दैनिक एक हजार कामदारले काम गरिरहेका छन् । उपत्यकाका आठ स्थानमा पानीपोखरी निर्माण र ३२ स्थानमा पाइपलाइन बिच्छ्याउने काम भइरहे...