औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा

लहान । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा परेको छ । असुरक्षा, औद्योगिक वातारण तथा लगानी पुँजीको अभाव देखाउँदै लामो समयदेखि बन्द भएका उद्योग पुनः सञ्चालनमा आउने वा नआउने अन्योलताका कारण नयाँ उद्योग भित्रिन नसक्दा औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा पर्न थालेको हो । सदरमुकाम राजविराजदेखि करिब तीन किलोमिटर उत्तरमा रहेक...

राष्ट्रिय योजना आयोगबाट बजेट सिलिङ प्राप्त

भद्रपुर । राष्ट्रिय योजना आयोगबाट झापाका लागि बजेट सिलिङ प्राप्त भएको छ । स्थानीय निकाय र जिविसअन्तर्गतका विषयगत कार्यालयलाई आव २०७४÷७५ का लागि रु तीन अर्ब १३ करोड ५५ लाख ५८ हजार बजेट सिलिङ प्राप्त भएको जिविसका सूचना अधिकृत प्रकाश चौधरीले जानकारी दिनुभयो । सिलिङअनुसार पुँजीगततर्फ रु ९० करोड ६१ लाख ३५ हजार र चालुतर्फ रु दुई अर्ब २२ करोड ९४ लाख खर...

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकसाथ चालीस स्थानमा काम

काठमाडौँ, २२ मङ्सिर । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन जिल्लामा वितरणका लागि हाल दैनिक एक हजार कामदारले काम गरिरहेका छन् । उपत्यकाका आठ स्थानमा पानीपोखरी निर्माण र ३२ स्थानमा पाइपलाइन बिच्छ्याउने काम भइरहे...

पुनःनिर्माण प्राधिकरणलाई ३३ अर्बको निकासा

काठमाडौँ, २१ मङ्सिर । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो । त्यस्त...

लघु उद्योगमा लगानी बढाउन आग्रहः मन्त्री जोशी

काठमाडौँ, २१ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले साना लघु तथा घरेलु उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले भन्नुभयो – दिगो आर्थिक विकासका लागि मुलुकमा रोजगारी बढाउनका लागि साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्दछ । मन्त्री जोशीले...

काठमाडौँ–निजगढ द्र्रुतमार्ग अघि बढाउन माग

काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना काठमाडौँ–निजगढ द्र्रुतमार्ग (फास्ट ट्र्याक) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई जतिसक्दो चाँडो अघि बढाउन माग गरिएको छ ।  द्रुतमार्ग निर्माण सङ्घर्ष समिति ९प्रभावित एवम् लाभावित जिल्लावासी० ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज भेट गरी ज्ञापनपत्र बुझाउँदै यी दुईवटै ...

हुलाकी राजमार्गबारे भारतीय दूतावासमा छलफल

काठमाडौँ, १८ मङ्सिर । भारतीय सहयोगमा निर्माणाधिन विकास आयोजनामध्ये हुलाकी राजमार्गको निर्माण प्रगति र समस्याका विषयमा आज भारतीय राजदूतावासमा मधेसकेन्द्रित दलसँग छलफल भएको छ । सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनील झाले हुलाकी सडक नबन्दा तराई मधेसका जनताले निकै कठिनाई भोग्नुपरेकाले यस आयोजनालाई कसरी छिटो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा भारतीय दूता...

पूृर्वमा ढाकाको ब्यपार फस्टाउदै

मोरङ, १४ मंसिर/ मोरङको उर्लाबारी ४ की निरु चौहानले निरु घरेलु ढाका उद्योग सञ्चालनमा ल्याएपछि निरु जस्ता थुप्रै उद्यमशील महिलाहरूले काम मात्र पाएका छैनन् । ढाका कपडा, जहाँ जुन भूगोलमा बुने पनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । गत मङ्सिरमा उद्योग दर्ता गर्नु भएकी चौहानले हाल पाँच वटा तानबाट ढाका उत्पादन गरिरहेकी छिन् । पाँच वटा तान...

कतार एयरवेजको ट्राभल टूगेडर : सेभ टूगेडर प्रमोशन

काठमाडौं, १४ मंसिर / कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेडर, सेभ टूगेडर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फस्र्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनीले जानकारी दि...

इटहरीमा बृहत् औद्योगिक प्रदर्शनी हुने

इटहरी । प्रथम उद्योग दिवस–२०७३ को अवसर पारेर प्रदेश नम्बर १ को महत्वपूर्ण शहर इटहरीमा आगामी मङ्सिर २२ देखि २६ गतेसम्म पाँचदिने लघु उद्योगबाट उत्पादित प्रदेश १ स्तरीय बृहत् औद्योगिक प्रदर्शनी मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी, उद्योग वाणिज्य सङ्घ सुनसरी, इटहरी, जिल्ला लघु उद्यमी सङ्घ, सुनसरीको आयोजना तथा जिविस सु...