एक्स्ट्रा स्पेशियस इन्टिरियर भएको नयाँ महिन्द्रा KUV100 को अनावरण

काठमान्डाैं / महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् SUV महिन्द्रा KUV100 (द यंग SUV) गाडीहरुको नयाँ मोडल नेपालमा ल्याएको छ । उक्त नयाँ KUV 100 ले आकर्षक SUV स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत गरेको छ । ...

घट्यो सुनको भाउ, हेर्नुहोस् यति छ आज

काठमाडौं। आज सुनको मूल्य केही घटेको छ । हिजो तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा झरेको छ । हिलो चाँदी प्रतितो...

रमादानकाे अवसरमा कतार एयरवेजकाे मिल बक्स

दोहा, कतार  / रमादानको महिनामा उपवासमा रहेका यात्रुलाई कतार एयरवेजले ईफ्टर मिल बक्सको ब्यवस्था गरेको छ । कतार एयरवेजद्वारा प्रदान गरिने ईफ्टर मिल बक्समा रचनात्मक तरिकाले डिजाइन गरिएको रमादान करिम लोगोका साथै यात्रुलाई पवित्र महिनाको शुभकामना दिइएको छ ।   कतार एयरवेजको छानिएका फ्लाइटको फस्र्ट र बिजनेश क्लासका यात्रुलाई चिकेन वा साकाहारी स्य...

सूर्यमुखी फूलको व्यावसायिक खेती

पाल्पा । कुनै समय घरआँगनका वरिपरि, करेसाबारीमा शौखका रुपमा लगाइने सूर्यमुखी फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । सौन्दर्यताका लागि केही बोट आँगनको डिल, छेउछाउमा लगाउँदै आएपनि सो खेतीबाट मनग्य आम्दानी...

गोरङखोलामा झोलुङ्गे पुल

म्याग्दी  । धौलागिरि गाउँपालिका– ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । रु ३९ लाख ११ हजार ३२४को लागतमा निर्मि ८५ मि लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका एक हजार ८४० जनसङ्ख्या लाभान्वित भएका छन् । स्वाप, स्वीस राजदूतावास, टिसकएसयु, आरटिएपी, जिल्ला समन्वय समिति र साविक मुदी गाविसको आर्थिक एवम् मिलन म्याग्दीको प्राविधिक सहयोगमा...

सङ्घीय राजस्व नीति तर्जुमा गरिने

काठमाडौँ, १५ जेठ । सरकारले सङ्घीय वित्त संरचनालाई सुदृढ र सबल बनाउँदै समृद्ध अर्थतन्त्र निर्माणका लागि सङ्घीय राजस्व नीति तर्जुमा गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा आव २०७४÷०७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सङ्घीय वित्त सुदृढीकरणका लागि सङ्घीय राजस्व नीति तर्जुमा गर्ने घोषणा ...

कृषिमा बजेट भारी अङ्कले वृद्धि

काठमाडौँ, १५ जेठ । सरकारले कृषि र पशुपालन क्षेत्रको विकासका लागि गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४÷०७५ मा ११३ दशमलव शून्य ४८३ प्रतिशतले बढी रकम विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ बजेटमा कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कुल बजेटको दुई ...

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

काठमाडौं । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नुहुनेछ र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सक्नुहुनेछ । यो...

नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई सहयोग

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक...

तेइस संस्थान नाफामा, बाह्र घाटामा, सबैभन्दा बढी नाफामा आयल निगम

काठमाडौँ । आर्थिक वर्ष २०७२÷०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ । यी संस्थानमा २०७१÷०७२ मा खुद नाफा रु ३४ अर्ब ४० करोड ६५ लाख रहेकोमा आव २०७२÷०७३ मा बढेर रु ३४ अर्ब ९६ करोड नौ लाख खुद नाफा कायम भएको सरकारले जनाएको छ । समग्रमा संस्थानको खुद नाफाको अवस्था सुधारोन्मुख रहेक...