निगमको बोइङ मर्मत गर्न सिङ्गापुर लगिँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ । एक साता बढीदेखि ग्राउन्डेड रहेका उक्त बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले राससलाई जानकारी दिए । उहाँका अनुसार यकिन मिति तय नभए पनि आगामी असार ३० र ३१...

अझै घट्यो सुनको मूल्य, यति छ आज

काठमाडौं। हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी ...

आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने–अर्थमन्त्री कर्की

काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत् आपूर्तिमा आएको सुधार र कृषि उत्पादनमा भएको बढोत्तरीका कारण मुलुकको आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने बताए । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा...

आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक

काठमाडौँ  । बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४÷७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ रु चार करोड ६६ लाख विनियोजन गरेको छ । गत वर्षको मौज्दात रु दुई करोड रहेको र टिकट बिक्रीबाट मात्र रु छ करोड ५० लाख आम्दानी हुने तथा सटर बहालबाट रु चार लाख ८० हजार आम...

यार्साबाट डोल्पाली एक दम्पतीको कमाई रु तीन लाख

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं २ रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखसम्म कमाई गर्दै आएका छन् । श्रीमान् र आफू गरेर यस वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा ५०० वटा यार्सागुम्बा सङ्कलन गरेको र यसबाट रु तीन लाख बराबरको कमाई हुने उहाँको भनाइ छ । यस वर्ष सङ्कलन गर...

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

काठमाडौँ, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको हो । यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर रु २५ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर रु चारले घटाएक...

लक्ष्मी बैंकको नयाँ शाखा सल्लीबजार, सल्यानमा

काठमान्डाैं / लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज सल्यानको, सल्लीबजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।  बैंकको यस् क्षेत्रमा, श्रीनगर पश्चात्, यो दोस्रो शाखा हुनेछ । यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६९, ३ हस्पिटल सेवा काउन्टर, ८७ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शा...

सहकारीको संस्थागत सुधार हुनुपर्छ – अर्थमन्त्री

ललितपुर  । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सङ्घीय संरचनामा सहकारीको भूमिका फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी सङ्घले आज पुल्चोकमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सहकारीका धेरै राम्रा पक्षहरु भएपनि केही पक्षको सुधार आवश्यक भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सहकारीहरुमा अझै संस्थागत सुधारको खाँचो छ ।’ भारतस...

जलविद्युत् र पर्यटनका क्षेत्रमा क्यानडाबाट सिक्नुपर्छ : पूर्वप्रम नेपाल

काठमाडौँ । क्यानडा स्वतन्त्र भएको १५० औँ वर्षगाठको उपलक्षमा आज नेपालमा पनि कार्यक्रम गरी नेपाल तथा क्यानडाको मैत्री सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्यानडाले जलविद्युत्का क्षेत्रमा गरेको प्रगति तथा अन्तर्राष्ट्रिय तहम...

सेयर बजार बन्दप्रति चेम्बरको ध्यानाकर्षण

काठमाडौँ, १६ असार । नेपाल चेम्बर अफ कमर्सले सेयर बजार बन्दप्रति ध्यानाकर्षण गरेको छ । चेम्बरका महासचिव कमलेशकुमार अग्रवालले आज विज्ञप्ति जारी गरी सेयर क्षेत्रलाई वित्तीय क्षेत्रअन्तर्गत परिभाषित गरिएकाले यसमा मूल्य अभिवृद्धि कर लगाउन नहुने बताउनुभएको छ । चेम्बरले धितोपत्र कारोबारलाई नियमन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड आफैँले अर्थ मन्त्र...