मस्र्याङ्दीको बजेट ३८ करोड ४२ लाख

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गर्नुभएको उक्त बजेटमा गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु १७ करोड ५७ लाख ३८ हजार, सशर्त अनुदानमा रु ११ करोड ८४ ल...

आर्थिक समृद्धिको आधार नै स्थानीय तह : उपप्रधानमन्त्री महरा

चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताए। निर्वाचनसँगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उहाँले बताए। पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री महराले आज चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै...

यसरी घट्दै छ सुनको भाउ, यति पुग्यो आज

काठमाडौं। आइतबार मात्रै ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज (सोमबार) थप २ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीमा पनि तोलामा थप पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै तोलामा २० रु...

मौद्रिक नीति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ । आव २०७४÷७५ को मौद्रिक नीति आज यहाँ सार्वजनिक गर्दै केन्द्रीय बैंकले सरकारले निर्धारण गरेको आगामी आवको ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उ...

ह्वातै घट्यो सुनको भाउ , यतिमा कारोबार भईरहेको छ आज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बजारमा सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । सुन जस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएका थिए । साता...

बाढीले रु एक करोड भन्दा बढीको नोक्सान

सप्तरी । सप्तरीमा हालै आएको बाढीले नेपालको सबै भन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण रु एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ । सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काइ नहरलाई क्षति पु¥याएको बताइएको छ । सुनदरी खोला र महुली खोलाको बिचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथ...

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक सेनाले खुलायो

म्याग्दी । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट््याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट््याक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बत्को कोरला नाका उपल्लो मुस्ताङसम्मको ३४५ किलोमिटर दुरीको ट्याक खुलेको हो । यो वर्ष करिब ३३ करोड रुपैयाँ...

सेयर बजार अब पूर्णरुपमा अनलाइनबाटै

काठमाडौँ, २३ असार । नेपाल स्टक एक्चेन्जले आगामी कात्तिक २१ गतेदेखि सम्पूर्ण कारोबार अनलाइन प्रणालीमा घरमै बसी बसी गर्ने व्यवस्था गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएकाे छ ।  आफ्नो कार्यकाल सकेर बिदा हुन लाग्नुभएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले सेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको...

सुनको भाउ घट्यो, यति छ आज

काठमाडौँ। आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । बिहिबार प्रति तोला ५३ हजार ६ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५३ हजार ५ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।