बैंक व्यापार गर्ने संस्था हैन : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिनुभएकोे छ । कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै उहाँले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तह (गाउँसम्म) पुग्नु आवश्य...

घरेलु तथा साना उद्योगमा ४५ करोड भन्दा बढी लगानी

लमजुङ । लमजुङमा घरेलु तथा साना उद्योगको लागि मात्रै रु ४५ करोड भन्दा बढी लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा सञ्चालित उत्पादनमूलक, सिलाइकटाइ, कृषि औजार, पर्यटन, र अलैँची उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ । जिल्लामा दुई दर्जन व्यावसायिक अलैँची र पर्यटन उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योगहरुमा झन...

‘दुई बाली धानको विस्तार : आर्थिक समृद्धिको आधार’

काठमाडौँ  । आजबाट औपचारिक रुपमा धान दिवस सुरु भएको छ । असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ । कृषि विकास मन्त्रालयले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलबाट औपचारिक रुपमा धान रोपाइँ सुरु गरेको छ । अनौपचारिक रुपमा किसानले असार १ गतेबाट धान रोपाइँ सुरु गरे पनि रोपाइँ साउन दोस्रो सातासम्म गरिन्छ । जिल्ला कृ...

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा

काठमाडौं । शिवम् सिमेन्टले समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत् सम्मान गर्दै आएको छ । शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको विश्वास कम्पनीले लिएको छ । यसै सिलसिलामा हाल कम्पनीले विशेष योजना ल्याएको छ । यस सम्मान योजना अन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोर...

मापसे कारबाहीबाट सत्र लाख राजस्व

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरी रु १७ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले २०७३ साउन १ गतेदेखि २०७४ जेठ मसान्तसम्ममा मापसे गरी सवारी साधन चलाउने एक हजार ७२५ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिनुभयो । उहाँका...

सुनको भाउ बढ्यो, यति छ आज

काठमाडौं । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले बढेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि १० रुपैयाँले बढेको छ । अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँ...

लक्ष्मी बैंक को सोह्रौं वार्षिक साधारणसभा सम्पन्न

काठमान्डाैं /  लक्ष्मी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद आचार्यको अध्यक्षतामा बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । साधारणसभाले संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०७२÷०७३ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।   आ.व. २०७२÷०७३ सम्मको संचित मुनाफाबाट २०७३ आषा...

कर फस्र्यौट आयोगबारे विज्ञहरुको राय बाझियो, महतले भने,‘चुडामणि शर्मामाथि हचुवाको भरमा कारबाही गर्नु गलत’

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले कर फस्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित होटेल हार्दिकमा आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना गरेको ‘कर फस्र्यौट आयोग : समस्या कि समाधान ?’ विषयक अन्तरक्रियामा बोल्दै डा.महतले यस्तो बताएका हन् । पूर्वअर्थमन्त्री महतले कर फस्र्यौट व...

तेह्र जलविद्युत् आयोजनाका साधारण सेयर आउँदै

काठमाडौँ  । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाले मात्रै नभई...

ह्वातै सुनको भाउ घट्यो, हेर्नुहोस् यति छ आज

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी बजारमा प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबा...