एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

एजेन्सी । कुनै पनि स्थानमा सबै धनी हुनु सम्भव कुरा होइन । हरेक समाजमा कोही धनी कोही गरिव र कोही मध्यम हुन्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ चीनमा एउटा यस्तो गाउँ छ जहाँ हरेक मानिस करोडपति छ । २ हजार जनसंख्या भएको चीनको जियाङ्ग्सुस्थित गाउँका सबै करोडपति छन् । यहाँको हरेक ब्यक्तिसँग आलिसान बंगला र कार पनि छ । यहाँ बनाइएका हरेक घरको मोडल एउटै छ ...

स्वास्थ्य चौकीमा औषधि अभाव

बैतडी । यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ । जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । आन्तरिक स्रोतबाट ...

म्याग्दीमा बाख्रापालन

म्याग्दीको विममा युवा स्वरोजगार कार्यक्रमको सहयोगमा विनाधितो रु ७२ लाखको लगानीमा स्थानीय युवाले गरेको बाख्रापालन । यहाँ युवाले तरकारी खेती, बाख्रापलान, कुखुरा पालन, भैँसीपालन र सुन्तलाखेती गर्दै आएका छन् । तस्बिर : धु्रवसागर शर्मा, बेनी(म्याग्दी), रासस

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

वासिङटन  । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गर्नु भएको छ ।  राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गर्नु भएको छ । प्रिबसको ठाउँमा जोन केलीलाई नियुक्त गर्नु भएको उहाँले ट्विटमार्फत् ज...

म्याजिक भ्यान पल्टियो

धनकुटाबाट गोलभेँडा बोकेर तीव्र गतिमा झापा आउँदै गरेको मे१च ४६७४ नम्बरको म्याजिक भ्यान शनिबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड सडक खण्डमा पल्टिएपछि सडकमा छरिएका गोलभेँडा । तस्बिर सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

उदयपुर  । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बरुवा खोलामा निर्माण हुँदै आएको पुल साढे तीन वर्षमा निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ । गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार २०७१÷०७२ सालबाट निर्माण कार्य शु...

सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

मोरङ । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ । आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए । उनका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र...

डुङ्गा डुब्दा सातको मृत्यु

टर्की । आप्रवासी शरणार्थी लिएर टर्कीको बाटो ग्रीसतर्फ हिँडेको डुङ्गा टर्कीको सामुद्रिक इलाकामा डुब्दा पाँच बालबालिका सहित सात जनाको मृत्यु भएको टर्कीको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ । अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको केश्मी एलाकामा बिहीवार अबेर भएको दुर्घटनामा पाँच बालबालिका र दुई वयस्क व्यक्तिको मृत्यु भएको छ । घटनामा चार इराकी, ती...

वीरगञ्ज नाकाको व्यापार घाटा रु तीन खर्ब २७ अर्ब

पर्सा । प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ । आर्थिक वर्ष २०७३÷७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट रु तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो । नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि रु १४ अर्ब ९३ करोड २७ लाखको विभिन्न मालसामान निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक...