चितवन / अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लाग...
काठमाडौं। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार मह...
फुङ्लिङ । फक्ताङलुङ गाउपालिका–४ इखावुका एक युवकलाई सात महिनादेखि साङलोले बॉधेर राखिएको छ । मानसिक समस्याका कारण घर छाडेर हिँड्न थालेपछि १९ वर्षीय सरोज काम्बाङ लिम्बूलाई घरमै बॉधेर राखिएको परिवारले जनाएका छन् । यसअघि उपचारका लागि झापाको बिएमसी र भारतको सिलगुडी पु¥याए पनि केही समय ठिक भए पनि फेरि समस्या बल्झिएकाले गत वैशाखदेखि खुट्टामा साङ्लोले बॉधेर...
खोटाङ / जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत÷प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ ।
वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेस...
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारेका हुन् । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि...
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ ।
यसअघि पेट्रोल प्रतिल...
काठमाडौँ । साना तथा स्वरोजगारमूलक छापा माध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो ।
उक्त अध्ययन प्रतिवेदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको ...
भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको आज बसेको बैठकले अन्तिम तयारी पूरा गरिसकेको परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।
कक्षा ११ को परीक्षा हाल भौतिकरूपमा होमसेन्...
ताप्लेजुङ / खानेपानीको चरम अभावमा रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित ताप्लेजुङ सहलगानी खानेपानी आयोजनाको निर्माणकार्यमा अवरोध सिर्जना भएको छ ।
आयोजना निर्माणको करिब ८० प्रतिशत बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद उत्पन्न भएपछि निर्माण नियमित हुन सकिरहेको छैन । करिब चार किलोमिटर तल रहेको मुहानबाट ल...
महोत्तरी / महोत्तरीसहितका मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने यो पर्व मनाउन अहिले माइत पुगेका छन् । साउन कृष्ण पञ्चमीका दिन शुरु भई साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यस पर्व मिथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ ।
मिथिलाका प्र...