पत्रकार कार्कीमाथि लुटपाट गर्ने प्रयास

सुनसरी । मोरङमा एक पत्रकारलाई लुटपाटको प्रयास भएको छ । उदयपुरका पत्रकार चित्रकुमार कार्कीलाई मोरङको सुन्दरहरैचा ३ स्थित बलियामा अटो चालकले लुटपाट गर्ने प्रयास गरेको हो । काम बिशेषले बृन्दाबन गौशला आएका पत्रकार कार्कीलाई शनिबार राती १० बजे सडक पार गर्ने क्रममा को २ ह २४९८ नंम्बरको अटो चालकले लुटपाट गर्ने प्रयास गरेपछि कार्कीले प्रतिकार गरेका ...

मुलुकी ऐन २०७४ लागु : निर्दोषले सजाय नपाउन् ।

एक सय पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै शुक्रबार देखि नयाँ कानुन लागु भएको छ । संसद्ले गत साउन २६ गते पारित गरेको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको हो । यसका साथै दुवै संहिताका अरू दुई कार्य्विधि कानुन, ‘फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन’ र ‘केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन’ पनि ल...

फेरी पनि फुट्न सक्छ कोशी !!

सुनसरी । सप्तकोशी नदीमा बालुवा भरिएका कारण जोखिम बढ्न थालेको छ । बर्षातको समयमा सातवटा नदी बाट मिसिएर आएको बाढीले बालुवा ल्याउने गरेको कारण अहिले कोशी नदीमा ७ देखि १० मिटरसम्म बालुवा भरिएको छ । जस कारण कोशीको सतह बढ्ने गरेको छ । बालुवा भरिएका कै कारण नेपाल तर्फ बाढी पास्न सक्ने जोखिम पनि उतिकै बढेको हो ।  कोशी मुलुककै सबै भन्दा ठुलो र विश्वको दो...

क्रिएटिभ लेडीको बृक्षारोपण सम्पन्न

इटहरी । इटहरी १४ स्थित शान्ति सिर्जना आधारभुत बिद्यालयमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले बृक्षारोपण गरेको छ । बिद्यालय परिसरमा क्लबको कार्य योजना अनुरुप बृक्षारोपण गरिएको हो । क्लबको अध्यक्ष शान्ता बजगाईको सभापतित्वमा संम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल तिम्सिनाले बिरुवा रोपेर कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक...

प्रदेश १ का मुख्यमन्त्रीलाई दुई करोड मुल्यको गाडी खरिद गरिने

सुनसरी । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको लागी दुई करोड रुपैयाँ पर्ने गाडी खरिद गरिने भएको छ । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको खर्च छुट्याइदै राईको लागी यत्रो पैसा गाडी खरिद गर्न खर्च गर्न लागेको हो । प्रदेश सरकारले यो बर्ष भित्र सबै गरि कुल ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ । स्थानीय तहलाई प्रदान गरिने ७...

कोशीको अर्नाले चितवनमा पाडी जन्मायो

इटहरी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरी लगिएको अर्नाले चितवन राष्ट्रिय निकुञ्जमा पाडी (पोथी बच्चा) जन्माएको छ । २०७३ सालमा कोशीबाट स्थानान्तरण गरी लगिएको अर्नाले पाडी जन्माएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । अनुगमनमा जाँदा अर्नाले पाडी जन्माएको देखिएको अर्यालले बताए । अर...

प्रदिपको ‘प्रयास’ एल्बम बिमोचन

काठमाडौ । गीतकार प्रदीप थापाको गीति एल्बम र गीत, गजल , रुवाई को संयुक्त कृति " प्रयास " को केही साता अघि मात्र काठमाडौको अनामनगर स्थित संवाद डबली बाट बिमोचन को कार्यक्रम सप्पन्न भएको छ । झापाको साविक कोहबरा १ बालुबथान मा पिता बेद ब. र माता जानुका थापा को कोख बाट जन्मिएका प्रदीप अहिले स्थायी रुपमा दमक ८ को नमुना टोलमा रहदै आएका छन। करिब आधा द...

सुनसरीको हरिनगरामा स्थानिय र प्रहरीबिच बिवाद, भिडियो खिचेको भन्दै एक पक्राउ

सुनसरी । सुनसरीको हरिनगरा गाँउपालिकामा भारतिय मल बिक्री गरेको बिषयमा प्रहरीले छापा मार्दा विवाद उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले हरिनगरा बजारमा छापा मारेको बिरोधमा व्यवसायी बिच विवाद भएको हो ।विवादको क्रममा प्रहरीले स्थानिय सुरेश पोदारलाई पक्राउ गरेपछि स्थानियहरुले प्रहरी र स्थानिय निकायको बिरोध गदै नाराबाजी गरेका थिए । पोदार...

कोशीमा पाँच बर्षयता कै बढी मापन, ब्यारेजको थप ढोका खोल्न प्रशासनको आग्रह

सुनसरी । सप्तकोशी नदीका पाँच बर्ष यताकै सबै भन्दा बढी पानीको मापन गरिएको छ । बुधबार बिहान ११ बजे बराहक्षेत्रको मापन अनुसार कोशी नदीमा दुईलाख ७२ हजार ७५० क्युसेक पानी मापन गरिएको हो । यो मापन कोशी ब्यारेज भन्दा फरक भएपनि सबै भन्दा बढी संम्बेदनशिल मापन बराहक्षेत्रलाई मानिन्छ । ‘बिहान ११ बजेको मापन अत्याधिक हो’ स्थानिय एवम कोशी विज्ञ रबिन घिमिरेले ...

उपचारको नाममा बिरामी लुट्दै इनरुवा पोलिक्लिनिक

सुनसरी । सुनसरी सदरमुकाम इनरुवाको अस्पताल चौकमा केही बर्ष अघि देखी संचालित इनरुवा पोलि किल्निकले  उपचार गर्न पुग्ने बिरामीलाई उपचारको नाममा लुट्ने र भएको रोगको सट्टा अर्कै रोगको उपचार सम्बन्धि औषधी प्रयोग गराई रोगीको ज्यान सँग खेलवाड गर्ने गरेको रहस्य खुलेको छ । इनरुवा पोलि किल्निकको नाममा कुनै चिकित्सक नै नराखी बिरामीको चेकचाँजका नाममा बर्ष...