बाघको छाला र हड्डीसहित दुईजना पक्राउ

दाङ / लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

उपप्रधानमन्त्री श्रेष्ठ पुन: गङ्गालाल अस्पताल भर्ना

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

प्रतिक्रिया