बसको ठक्करबाट स्कुटर चालकको निधन हुँदा मोरङमा तनाव

काठमाडौं / मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन ढकालले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका स्कुटर चालकको परिचय खुलेको छैन । दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा क्षति पुगेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै पुगे वसन्तपुर

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान ताम…

एनआरएनए उपाध्यक्ष आरके शर्मा अध्यक्षमा उठने, ‘२४ महिना २४ बाचा’ सार्बजनिक

गृह मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ

सालकको खपेटासहित चारजना पक्राउ

बालिका बलात्कार आराेपमा एकजना पक्राउ

प्रतिक्रिया