काठमाडौं महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण, एक महिनाभित्र ९० हजार रोपिसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म १० हजार वृक्षरोपण गरिसकेको छ । कामपाले पहिलो चरणमा सधैं हरियो भइरहने धुपी, समी र कपुरको बिरुवा रोपेको छ ।
कामपा उद्यान तथा हरियाली आयोजना प्रमुख नवराज थापाले नेपाल समाचारपत्रसँग कुरा गर्दै हालसम्म १० हजार वृक्षरोपण गरिसकेको र असारभित्र ९० हजार बिरुवा रोपिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘राम्रोभन्दा पनि सधैं हरियो भइराख्ने भएकोले तीन प्रकारका बिरुवा रोप्न शुरू गरेका हौं ।’ उहाँका अनुसार साउन लागेपछि विभिन्न प्रकारका मौसमी फूलका विरुवा रोप्ने कार्यक्रम छ ।
कामापाले हालसम्म सडक किनार, खाली क्षेत्र र पार्कमा वृक्षरोपण गरेको छ । कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटी, शंखधर पार्क र रत्नपार्क, खुलामञ्चलगायतका क्षेत्रका सडक किनार र खाली क्षेत्रमा वृक्षरोपण गरेको हो । कामपाले ३५ वटै वडालाई वृक्षरोपण गर्नका लागि खुलाक्षेत्र, पार्क र बगंैचा पहिचान गर्न पत्राचार गरेको छ ।
वडा कार्यालयले गरेको सिफारिसको आधारमा कामपाको टोलीले वृक्षरोपण गर्नेछ । महानगरले धोवीखोला, इच्छुमति, रुद्रमती, विष्णुदेवी, वागमतीलगायत उपत्यकाभित्र भएर बग्ने खोला किनारामा वृक्षरोपण गर्ने जनाएको छ । यो समाचार नेपाल समाचारपत्र दैकिमा छ ।

माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा सम्पन्न गर्ने चीनको प्रतिबद्धता
वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

प्रतिक्रिया