भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्याउन खोजेका आरोप लगाए । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उनको आरोप छ । अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै नमिल्ने उनले तर्क गरेका छन् । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उनले बताए। ‘भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसीले भने ।
नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा समे सामेल गराउने तयारी भारतको रहेको उनले टिप्पणी गरे । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएर आक्रोस पोखिरहेको बताएका छन् । एमालेले पनि यो विधेयक ल्याउन खोजेकोमा त्यसको जस लिन नपाउँदा उसलाई छटपटी भइरहेको उनको भनाइ थियो।

एसईईको नतिजा सार्वजनिक

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

प्रतिक्रिया