अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द

रौतहट / अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि बिद्यालय बन्द गरिएकाे छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट बिद्यालय बन्द भएका हुन । साे समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंह जारी गरेको बिज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिए पछि आजवाट बिधालय बन्द हुन लागेका हुन् ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध आए पछि बिद्यालय बन्द गर्नु परेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ। हाल रौतहटसहित मध्ये मधेस प्रदेशका जिल्लाहरुमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

शिक्षक महासंघका प्रतिनिधि र मन्त्रीबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्ष विहीन

एन प्याव्सन सुनसरीको अधिवेशन सम्पन्न : अध्यक्षमा यावा राई, बरिष्ठ उपाध्यक्षमा गणे…

आजबाट देशैभरीका सामुदायिक बिद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा

बाल दिवसको अवसरमा इटहरी स्थित बेविलाेन स्कुलले गर्याे विभिन्न कार्यक्रम

संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक, एसईई नरहने प्रस्ताव

प्रतिक्रिया