घरेलु प्याडलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौं / महिलाहरूको महिनावारीलाई सुरक्षित बनाउन राष्ट्रिय योजनाभित्र राख्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित महिनावारी हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ एक्सपोज नेपालले आयोजना गरेको अन्तराष्ट्रिय महिनावारी दिवसको कार्यक्रममा यस्तो बताइएको हो ।
उपत्यकाव्यापी साइकल र्यालीको उदघाटन गर्दै उपसभामुख इन्दिरा राणामगरले यस्तो बताएकी हुन् । राणाले सुरक्षित महिनावारीलाई राष्ट्रिय योजनाभित्र राखेर नेपालमा उत्पादन भएका घरेलु प्याडलाई बिशेष प्राथमिकताका साथ प्रयोगमा जोड दिने बताइन् । उनले नारी मात्र नभएर पुरूष पनि महिलाहरूको महिनावारीमा उतिकै जिम्मेवारी बन्नुपर्ने बताइन् । उनले जनचेतनामा महिला मात्र होइन, पुरूष पनि जोडिने हुनाले पुरूषको पनि साथ सहयोग आवश्यक रहेको बताइन् । उनले विश्वका महँगा कपडा जेलरहरूले उत्पादन गरिने भन्दै घरेलु प्याड पनि जेलरहरूलाई प्रशिक्षण दिएर उत्पादनमा लगाउनुपर्ने बताइन् ।
एक्सपोज नेपालले हरेक वर्ष २८ मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा सकृय रहँदै आएको छ ।
उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साईकल र्यालीमा भक्तपुर साईकल कनेक्ट, काठमाडौं कोरालगाएतका टिम गरी कुल तीन सय ५७ साईकलयात्री सहभागी भएका छन् ।
कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकलयुक्त प्याडलाई सरकारले प्राथमिकताको सूचिबाट हटाउनुपर्ने बताए । उनले सन २००७ देखि सुरू भएको एक्सपोज नेपालले २०१५ देखि सकृय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।

डेंगु संक्रमणबाट थप एकको निधन

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

मान्छेमा प्रत्यारोपण गरियो सुँगुरको मृगौला, भनियाे, मेडिकल क्षेत्रमा क्रान्ति

परोपकार प्रसूति अस्पातलमा आजदेखि अनलाइन टिकट
आफ्नै भवनबाट २४ सै घण्टा विशेषज्ञ सहितकाे सेवा प्रदान गर्दै इटहरी सामुदायिक …

प्रतिक्रिया