सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयाेजना उपभोक्ता समितिकाे आसन्न साधारण सभा साथै चुनावी गतिविधिकाे अहिले चर्चा परिचर्चा बढेकाे छ ।
विभिन्न पाटी , समूहका उमेदवारहरू यति बेला खानेपानीकाे नेतुत्व आफ्नाे पक्षमा पारेर अघि बढ्ने दाउमा रहेका छन् । इन्द्रपुर खानेपानीको जेष्ठ १३ गते साधारण सभा भए पछि २० गतेका लागि निर्वाचन प्रकृया ताेकिएकाे छ । अहिले सम्मकाे जानकारी अनुसार अध्यक्ष पदका लागि ३ जनाको प्रतिष्पर्धा हुने देखिएको छ । एमाले-राप्रपा गठबन्धनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा तथा काङ्ग्रेस-माओवादी र समाजवादी गठबन्धनबाट नवराज चापागाईले उम्मेदवारी घोषणा गरिसकेका छन । तेसै गरि गीताबहादुर सोडारी(जितेन) स्वतन्त्रबाट अध्यक्षमा उमेदवारी घाेषणा गरि अघि बढेका छन् । उमेदवारहरू आआफनाे समुह बनाएर खानेपानीको निर्वाचनमा उपभोक्ता सँग मत माग्दै घरदैलो अभियानमा हिडेका छन ।
इन्द्रपुर खानेपानीकाे आसन्न साधारण सभा साथै चुनावी गतिविधिकाे बारेमा संयुक्त समूहबाट उमेदवारी घाेषणा गरेका अध्यक्ष पदका उमेदवार नवराज चापागाईले नागरिककाे स्वास्थ्यसँग जाेडिएकाे खानेपानीमा देखिएको अनियमिताकाे अन्त्य गरि नियम अनुसार काम गर्ने चाहानाले आफ्नाे उमेदवारी घाेषणा गरेकाे उल्लेख गरेका छन् । उनले इन्द्रपुर खानेपानीमा आफु असन्तुष्ट रहेको बताउँदै १५ बर्ष देखि तदर्स समितिले चलाइ रहे पनि फेरि उहाँहरूले नै आफ्नाे उमेदवारी दावि गर्नु गलत भएको उल्लेख गरेका छन् । चापागाईले समय समयमा साधारण सभा गरि जनताले बुझाएको रकम कति खर्च भयाे , कहाँ कहाँ आम्दानी भयाे , ऋण कति घटाे पारदर्शी रूपले देखाउन सेवाकाे भावनाले समेत खानेपानी जस्तो पवित्र समितिमा उमेदवारी घाेषणा गरेकाे जानकारी दिए । “इन्द्रपुर खानेपानीमा लेदाे र धमिलो पानी आउँने समस्या भएकोले याे मानव स्वास्थ्यमा खेलवाड भयाे चापागाईंले भने ” उपभोक्ता समितिका जिम्मेवार साथिहरूले इन्द्रपुर खानेपानीमा राम्रो काम गर्नु भएको छैन् , कर्मचारीले आफ्नाे हिसाबले संस्था चलाएर राम्रो भएको छैन् , पानीकाे व्यवस्थापन राम्रो छैन् ” । चापागाइले संस्थालाई नयाँ ढङगबाट सञ्चालन गरेर खानेपानीमा राम्रो सरसफाइकाे लागि समेत आफ्नाे उमेदवारी रहेको उल्लेख गरेका छन् ।
तेसै गरि एमाले-राप्रपा गठबन्धनबाट अध्यक्षका लागि खानेपानीमा उमेदवारी घाेषणा गरेका सुरेन्द्रबहादुर थापाले खानेपानीमा देखिएको समस्या हल गरि टंकीकाे विस्तार गरेर उपभोक्ता क्षमता ७ हजारबाट १० हजारमा बढाउँनका लागि आफ्नाे उमेदवारी रहेको उल्लेख गरे। थापाले खानेपानीकाे नियमित साधारण सभा गरेर यसकाे लागि वाेडिङ तथा पम्मकाे विस्तार र सुधार गर्ने उल्लेख गरे । “ खानेपानीमा कुनै अनियमिता छैन, याे आराेप मात्र हाे , साधारणसभा समयमा हुन नसकेकोले यसकाे सावधान गर्छु थापाले भने । उनले सबैकाे साथ सहयाेगबाट सफलता हासिल हुने बताउँदै मिले सम्म सर्वसम्वत तथा परिस्थितिले नमिलेमा चुनावबाट खानेपानीकाे नेतुत्व चयन हुने बताए ।
तेसै गरि इन्दपुर खानेपानीमा स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उमेदवारी घाेषणा गरेका गीताबहादुर सोडारी(जितेन)ले खानेपानी जस्तो पवित्र संस्थामा पनि राजनीतिक दलको हस्तक्षेप भएको कारण आफुले त्यसका विरूद्व अध्यक्षमा उम्मेदवारी दिएको उल्लेख गरेका छन् । उनले खानेपानी भित्र दलिय व्यक्ती पुगेर हुने गरेको आर्थिक अनियमितता र भ्रष्टचारलाई रोक्नका लागि अघि बढ्ने उल्लेख गरे । साेडारीले भने “१४ बर्ष देखि खानेपानीकाे साधारण सभा नहुनु लाजमर्दो विषय हाे , यसकाे अन्त्य गर्नेछु , जनतालाइ शुद्व सफा पानीकाे जरूरी छ , यसका लागि पनि मेराे उमेदवारी घाेषणा हाे” । उनले खानेपानी घाटामा जानु राम्रो पक्ष नभएको उल्लेख गर्दै उपभोक्ताले दु: ख पाउँनु हुँदैन , खानेपानीमा भएको वेथिति र भष्टचारकाे अन्त्यका लागि पनि आफ्नाे उमेदवारी भएको बताए ।
१४ बर्ष पछि हुन लागेकाे इन्द्रपुर खानेपानीकाे पहिलो साधारण सभा तथा चुनावमा ११ जाना उमेदवार रहने साथै लेखा समिति गरि १५ जानाकाे कार्य समिति बन्ने उल्लेख गरिएकाे छ ।हाल सम्म नगरकाे ९ , १० ,११ र १२ वडाकाे लागि इन्द्रपुर खानेपानीले सुविधा दिएको छ । ७ हजार भन्दा बढी घरधुरीकाे लागि वितरण हुने इन्द्रपुर खानेपानी टंकीकाे क्षमता ४ लाख ५० हजार लिटर रहेको छ ।
इन्द्रपुर खानेपानीको आसन्न २० गते
हुन लागिरहेको सञ्चालक समितीको चुनावमा अध्यक्ष नवराज चापागाईं नेतृत्व समुहमा निम्न व्यक्तिहरू उमेदवार बनेर अघि बढेका छन् । जसमा उमेदवारहरू महिला उपाध्यक्ष विन्दा दाहाल (थापा), उपाध्यक्ष तुलसीजङ्ग कार्की , अर्जुन गजुरेल सचिव, ताराराज ढकाल कोषाध्यक्षमा रहेका छन् । साथै सदस्यमा ध्रुव भण्डारी , कैलाश निरौला ,कुलबहादुर श्रेष्ठ, महिला सदस्य शान्तीमाया गुरुङ, विमला राई , गोमा दनुवार रहेका छन् । साथै लेखा समिति संयोजक डेडराज बस्नेत, सदस्य केशव कार्की ,महिला सदस्य , मुना लिम्बू रहेका छन्।
तेसै गरि इन्द्रपुर खानेपानीको सञ्चालक समितीको चुनावमा अध्यक्ष सुरेन्द्रबहादुर थापा नेतृत्वको समुहबाट निम्न व्यक्तिहरूले उमेदवारी घाेषणा गरेर अघि बढेका छन् । जसमा उमेदवारहरू महिला उपाध्यक्ष आशादेबी राई, उपाध्यक्ष जयप्रसाद सिटौला, सचिब मिनप्रसाद लिम्बू, कोषाध्यक्ष पुण्यप्रसाद आचार्य रहेका छन् । साथै महिला सदस्यहरू हिमा पोख्रेल, बिपना श्रेष्ठ, लक्ष्मी थापा तथा खुल्ला सदस्यहरूमा दिपनारायण चौधरी (मनोज),भबिन पाण्डे ,मो. मन्सुर आलाम रहेका छन् तथा लेखा समिती संयोजक हेमराज सुवेदी , उमादेबी सेडाइं , जगतलाल चौधरीकाे उमेदवारी रहेको छ ।
साथै इन्द्रपुर खानेपानीको सञ्चालक समितीको चुनावमा स्वतन्त्रबाट अध्यक्ष पदका लागी गीताबहादुर सोडारी(जितेन) नेतृत्वको समुहमा निम्न व्यक्तिहरूले उमेदवारी घाेषणा गरेर अघि बढेका छन् । जसमा उमेदवारहरू उपाध्यक्ष पदमा नायकप्रसाद धमला(नारायण), महिला उपाध्यक्षमा नर्वदा नेपाल, सचिवमा नरबहादुर राइ(नरेन), कोषाध्यक्षमा हेमप्रसाद सुवेदी, सदस्य पदमा तोयानाथ पोखरेल, छत्रबहादुर निरौला, फिरोज आलम, महिला सदस्य पदमा मन्दिरा उप्रेती, गीतादेवी दुलाल तारादेवी मैनाली उम्मेदवार रहेका छन । त्यस्तै लेखा समिती तर्फ सयोजकमा लेखनाथ आचार्य र सदस्यमा पार्वता बास्तोला तथा भक्तबहादुर लिम्बुकाे उमेदवार रहेका छन् ।