अब्बल बन्दै ‘बेबिलाेन’

इटहरी / सुनसरिको इटहरीमा रहेको बेबिलाेन सेकेन्डरी बाेडिङ स्कुलमा अभिभावक भेला सम्पन्न भएको छ । आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनका लागि विभिन्न योजनाहरू सञ्चालनमा ल्याउने लगायत विविध कार्यक्रमका साथ विद्यालयले अभिभावक भेला सम्पन्न गरेको प्रिन्सिपल टिकाराम दाहालले बताए । कार्यक्रममा
उपस्थित अभिभावकहरूले शिक्षाको विकासका लागि अभिभावक, शिक्षक र विद्यार्थी मिलेर अगाडि बढ्नु पर्ने बताएका छन्।
भेलामा ११० जना भन्दा धेरै अविभाजकहरूकाे सहभागिता रहेको थियो । विद्यालयले आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनका लागि विभिन्न योजनाहरू सञ्चालनमा ल्याउने विद्यालयका अध्यक्ष पुण्यप्रसाद अधिकारीले बताए । अधिकारका अनुसार शिक्षाको विकासका लागि अभिभावक, शिक्षक र विद्यार्थी मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
साथै कक्षा ८, ९, १० का बिध्यार्थिहरू लाइ वेभ पेज डिजाइनको कार्यशाला समेत आयोजना गरिएको थियो। २१ औ शताब्दीमा आइटीको युग भएकाले सो कार्यशाला फलदायी हुने विश्वास विद्यालयले लिएको छ । प्रविधिहरूको प्रयोगबाट शिक्षण सिकाइको सुरुवात गर्ने तयारीमा रहेको यस विद्यालयले पारिवारिक वातावरणमा शिक्षण सिकाइ गर्दै आएको प्रधानाध्यापक दाहालको भनाइ छ । शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य लिएको यस विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको जनाएको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, फुटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला लगायतका विभिन्न नगर तथा जिल्ला स्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा निकाल्न विद्यालय सफल भएको छ ।
तालिमप्राप्त शिक्षक शिक्षिकाहरूबाट शिक्षण गरिँदै आएको यस विद्यालयमा व्यवस्थित लाइबेरी तथा कम्प्युटर ल्याबसमेत सञ्चालनमा रहेको र यस विद्यालयले विद्यार्थीको सहजताका लागि यसअघि ६ वटा स्कुल बस सञ्चालन गर्दै आएको प्रधानाध्यापक दाहालले जनाए । शैक्षिक क्षेत्रबाट साथै अन्य अतिरिक्त क्रियाकलापबाट विद्यालयलाई नगर तथा जिल्ला स्तरमा चिनाउन तथा विद्यार्थीहरूको पठनपाठनलाई उत्कृष्ट बनाउन आवश्यक सम्पूर्ण कार्यसम्पादन गर्दै अघि बढ्ने जानकारी दिइयो ।
विसं २०६७ सालमा स्थापना भएको विद्यालयमा ८०० भन्दा धेरै बिध्यार्थिहरू अध्ययनरत रहेका छन् , अघिल्ला बर्सहरूका एसइई हरूमा शत प्रतिशत नतिजा ल्याउन सफल यस विद्यालयले यसै वर्ष देखि सुविधा सम्पन्न नयाँ भवनबाट पठनपाठन सञ्चालन गरेको छ ।

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

शिक्षक महासंघका प्रतिनिधि र मन्त्रीबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्ष विहीन

एन प्याव्सन सुनसरीको अधिवेशन सम्पन्न : अध्यक्षमा यावा राई, बरिष्ठ उपाध्यक्षमा गणे…

आजबाट देशैभरीका सामुदायिक बिद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा

बाल दिवसको अवसरमा इटहरी स्थित बेविलाेन स्कुलले गर्याे विभिन्न कार्यक्रम

संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक, एसईई नरहने प्रस्ताव

प्रतिक्रिया