हर्क साङपाङका कारण असुरक्षित बन्दै गएकाे भन्दै पत्रकार महासङ सुनसरीले बुझायाे ज्ञापन पत्र

धरान: समाचार सम्प्रेषण गर्न धरान उपमहानगरपालिका गएका पत्रकारहरू असुरक्षित बन्दै गएका भन्दै नेपाल पत्रकार महासङ सुनसरीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । मेयरका समर्थकहरू पत्रकारविरुद्ध अराजक भएर प्रस्तुत हुँदा सुनसरीको धरानमा स्थिति असहज बन्दै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

शृङ्खलाबद्ध रूपमा मेयर साम्पाङद्वारा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता विरोधी गतिविधि बढिरहेको बताउँदै धरान उपमहानगरपालिकाको गतिविधिबारे समाचार सङ्कलन गर्न जाने सहज वातावरण पत्रकारका लागि नभएको जनाएको छ । बिज्ञापतिमा लेखिएको छ, उहाँकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ , पत्रकारलाई निसाना बनाएर मेयर साम्पाङले दिएको अभिव्यक्ति संवेदनशील भएको ठहर गरेका छौ।

स्थानीय सरकारको प्रमुखको दायित्व जनताको जिउधनको सुरक्षा गर्ने भए पनि नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको व्यक्तिबाट पत्रकारहरूले असुरक्षित महसुस गरेको महासङले जनाएको छ । अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र हामी पत्रकारहरूको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष यो मागपत्र पेस गर्दछौ। ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

नेपालको संविधानले प्रत्याभूत गरेको र अन्तर्राष्ट्रिय मूल्य(मान्यता अनुसार प्रेस स्वतन्त्रता अक्षुण रहने व्यवस्था सुनिश्चित गर्दै निर्बाध रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सृजना गर्न पनि नेपाल सरकार समक्ष महासङले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित