हर्क साम्पाङलाई इटहरीका मेयरकाे सुझाव : ‘भाइरल हुनअरूको इज्जतको पनि ख्याल गर्नु’

इटहरी । केही समयदेखि सामाजिक सञ्जालमा छाएकी इटहरी १८ कि सुम्निमा राईले बुधवार इटहरीका मेयर हेमकर्ण पौडेललाई भेटेर आफ्नो तर्क राखेकी छिन । उनले अविवाहित प्रमाणपत्र प्रमाणित गर्न आफू भुलवश धरान पुगेको र धरानका मेयर हर्क साम्पाङले अनुमति बेगर नै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा दुख लागेको बताइन ।
घटनापछि इटहरीका मेयर पौडेलले धरानका मेयरलाई आफू भाइरल हुन अरूको इज्जतको पनि ख्याल गर्नुपर्ने अभिब्यक्ति दिएका छन ।उनले बुधवार नै सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेका छन् ‘मेयर त भाइरल हुनुभयो होला, तर नानीले अपमानित महसुस गरिछन् । काम गरेर पठाइ दिएँ , सम्झाएँ ।,’ उनले भनेका छन् ‘ राजनीति गर्ने, नेतृत्वमा बस्ने, मिडिया प्रयोग गर्ने, बोल्न सक्ने भन्दा पनि नसक्ने नबुझ्नेको सङ्ख्या बढी छ ।
सबैले सबैको अधिकार, इज्जत र मान को ख्याल गर्दिनु पर्छ ।’ उनले सिफारिस लिन आएकी सुन्नीमालाई सम्बन्धित फाँठमा पठाएर काम सकेर जान अनुरोध गरेका थिए । सिफारिस लिइसकेपछि हँशिलाे मुद्रामा भेटिएकी सुम्निमा जाने बेलामा मेयर पाैडेल सँग तस्बिर पनि खिचाएकी थिइन ।

डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रतिक्रिया