महेन्द्र क्याम्पस धरानले  “टियू बिबिए कप“ आयोजना गर्ने ,महिला पनि सहभागी हुन पाउने

धरान: धरान र महेन्द्र बहुमुखी क्याम्पस धरानले टियू बिबिए कप फुटबल प्रतियोगिता २०२२ गर्ने भएको छ । यो पटक महिला पनि सहभागी हुन पाउने छन्। २७ वटा विभिन्न क्याम्पस बिच टियू बिबिए कप फुटबल प्रतियोगिता हुने भएको हो । आइतबार धरानको सन्ध्या ईन होटेलमा एक पत्रकार सम्मेलनका बिच क्याम्पस प्रमुख दामोदर भण्डारीले प्रतियोगिता बारे जानकारी दिए । भण्डारीका अनुसार “ बिबिए कप पुरुषकै मात्र भए पनि यो पटक देखि लैङ्गिक विभेद गरिँदैन। खेल्न सक्ने महिला पुरुष दुवैले सहभागी हुन पाउने छन्। एन्फाको नियमले महिला पुरुष एकै ठाउँमा खेलाउने नियम नभए पनि क्याम्पसको खेलकुदमा नियम बनाएर हामी खेलाउँछौ तर, महिला खेलाडी आएको खण्डमा”

भण्डारीका अनुसार धरान १६ मा रहेको रङ्गशालामा सो प्रतियोगिता हुने छ । महेन्द्र क्याम्पस धरान, मेची बहुमुखी क्याम्पस भद्रपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भक्तपुर, किस्ट कलेज काठमाडौँ, पाटन बहुमुखी क्याम्पस ललितपुर, सङ्कर देव क्याम्पस काठमाडौँ, भक्तपुर क्याम्पस भक्तपुर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, पब्लिक यूथ क्याम्पस काठमाडौँ, के। सी एम। आइ। टी काठमाडौँ, नेपाल कमर्स क्याम्पस काठमाडौँ, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, पिपुल क्याम्पस काठमाडौँ, जनप्रिय क्याम्पस पोखरा र महेन्द्र बहुमुखी क्याम्पस दाङले भाग लिने छन्।

प्रत्येक सहभागी टिमले प्रतियोगितामा इन्ट्री फी बापत ३५ हजार तिर्नु पर्ने छ । सो प्रतियोगिताको लागत २० लाख रहेको र लागत आयोजकले नै व्यहोर्ने प्रतियोगिताका संयोजक तथा विद्यार्थी कल्याण प्रमुख लक्ष्मी कृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार २०१९मा भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरमा सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत हुने बिबिए कार्यक्रमले टियू कपमा महेन्द्र बहुमुखी क्याम्पस धरान विजेता बनेको थियो । धरान महेन्द्र कलेजले यस अघि आयोजना गरेको बिबिए कपको विजेता आयोजक टिम आफै बनेको हो।विजेता टिम नै आगामी खेलको आयोजक गर्ने प्रतियोगिताको प्रावधान रहेको छ । “विजेता टिमले आयोजक गर्ने प्रावधान अनुसार हामीले यो प्रतियोगिता गरेका हौँ । हाल पनि हामी जित्ने गरी प्रयास गरिरहेका छौ, श्रेष्ठले भने ।

बी.बी.ए कार्यक्रमका निर्देशक दीपेन्द्र कार्कीका अनुसार टियू बिबिए कप फुटबल प्रतियोगिता २०२३ विजेता बन्ने टिमले १ लाख नगदसहित मेडल, प्रमाणपत्र तथा ट्रफी पाउने छन् । भने आगामी दिनमा टियू बिबिए कप फुटबल प्रतियोगिता २०२४ आयोजना गर्नु पर्ने छ । यस्तै उपविजेता टिमले ५० हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछ । प्रतियोगिताको अवधिभर अनुशासित खेलाडी टिमले फेयर प्ले अवार्ड को प्रमाणपत्र पाउनुका साथै २० हजार नगद प्राप्त गर्ने छ । खेल समय ७० मिनेटको हुनेछ भने खेल नकआउट सिस्टमबाट खेलाइनेछ । सम्पूर्ण खेल एन्फाको नियमअनुसार खेलाइने छ । प्रतियोगिताको अवधिभर ७ विद्यामा उत्कृष्ट खेलाडीलाई ५ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन १५ गते दिउँसो ३ बजे रङ्गशालामा हुने छ। उद्घाटन खेल आयोजक टिम महेन्द्र क्याम्पस धरान र पाटन क्याम्पस ललितपुरबिच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित