पत्रकारप्रति हर्कराज साम्पाङकाे अमर्यादित व्यवहार सच्याउन महासंघकाे आग्रह

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले सञ्चार क्षेत्रमाथि निरन्तर प्रहार गरिरहेपछि नेपाल पत्रकार महासंघ सुनसरी शाखाको ध्यानाकर्षण गरेको छ । नगरप्रमुख साम्पाङले आफू निर्वाचित भएदेखि नै सञ्चार संस्था तथा पत्रकारहरूमाथि निरन्तर अपमानजनक शब्दको प्रयोग गरिरहेपछि महासंघ सुनसरी शाखाले गम्भीर ध्यानाकर्षण गरेको हो । शुक्रवार महासंघले एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख साम्पाङले समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई धम्की दिने गरी दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा महासंघले नगरप्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयमित ढङ्गले जवाफ दिनुपर्नेमा सार्वजनिक रूपमा धम्की दिनुले सञ्चारकर्मी असुरक्षित हुनसक्ने देखिएको भन्दै चिन्ता प्रकट गरेको छ । साम्पाङको व्यवहार र कार्यशैलीले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् साम्पाङले लिनुपर्नेमा महासंघ जिल्ला शाखा प्रस्ट पारेको छ ।
महासंघ सुनसरी शाखाका सचिव ध्रुव ढकालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि व्यक्ति वा सार्वजनिक पदमा बसेकाको धम्कीबाट विचलित हुने छैन । मेयर साम्पाङले पत्रकारमाथि गर्दै आएको कार्यशैली महासंघ जिल्ला शाखा कडा शब्दमा निन्दा गर्दछ। साथै, आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जिल्ला शाखा जोडदार माग गर्दछ । ”
साम्पाङ सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गर्नुको साटो सामाजिक सञ्जालमा सञ्चार संस्था तथा पत्रकारहरूमाथि अभद्र र उच्छृङ्खल अभिव्यक्ति दिँदै प्रश्नको जवाफ दिने दायित्वबाट पन्छिँदै जनतामा भ्रम सिर्जना गर्न उद्वेलित भएका छन् ।

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

आन्दोलनरत शिक्षकहरूसँग बार्ता सरयो, १२ बजे भित्र हुन सक्ने

आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

प्रतिक्रिया