एसएमई प्लाटफर्म यसै आर्थिक वर्षभित्र

काठमाडौं । धितोपत्र बजारमा साना तथा मझौला संगठित संस्थाको मात्र कारोबार हुने प्रणाली (एसएमई प्लाटफर्म) यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले एसएमई प्लाटफर्म सञ्चालनका लागि नियमावली तयार गरेको छ ।
बोर्डले बिहीवार साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको हो । बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर उक्त नियमावली तयार गरेको जानकारी दिएको छ ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारमा बहुआयामिक प्रभाव पार्ने एसएमई प्लाटफर्म यसै आर्थिक वर्षभित्र सञ्चालन गर्ने गरी नियमावली तयार गरिएको बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

४ करोड १८ लाख निक्षेप खाता सुरक्षित

पशुपतिनाथ मन्दिरमा जलहरी विवाद : अख्तियारको बयान अन्तिम चरणमा

आर्थिक मन्दीको असर : काठमाडौँमा घर र सटर खाली गराउन निवेदनको चाङ

भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत

१२ वर्षभित्र प्रतिव्यक्ति उर्जाखपत १५ सय युनिट

डिजिटल बैङ्क खोल्न कानुन पुनरवलोकन गर्ने सरकारको तयारी

प्रतिक्रिया