विराट गाेल्डकप :  भारतलाई हराउँदै विराटनगर सिटीले जित्याे उपाधि

सुन्दरहरैँचा / साताैं संस्करणको विराट गाेल्डकपकाे उपाधि आयोजक विराटनगर सिटी क्लबले जितेको छ ।

  सहिद रंगशालामा बिहीबार सम्पन्न भएको  रात्रीकालिन गोल्डकपको फाइनलमा भारत लुका सकर क्लब केरलालाई ४-० गाेल अन्तरले  पराजित गर्दै आयोजकले उपाधि उचालेकाे हाे । ६ दशक पछि घरेलु मैदानमा विराटनगरले पाहुना टोलीलाई पाखा लगाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न सफल  भएको हाे ।

   विराटनगर सिटीले उपाधिसँगै नगद रू २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख  १५ हजारमा चित्त बुझायो । जितको लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर,  मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।

   फाइनल खेलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद रू ११ हजार पाए ।

    फाइनलमा विधागत रुपको पुरस्कार पनि  विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधरी भर दुई गोल गरेका थिए । बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए ।  बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा एवार्ड पाउनेहरूले जनही २५÷२५ हजार रुपैयाँ पाए ।

   पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिका संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानिया लगायतले पुरस्कार बितरण गरेका थिए ।

     २०१८ सालमा महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।
तत्कालीन राजा महेन्द्रको नामबाट  २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि  विराट गोल्डकपका रूपमा खेलाइदै आएको हाे । पूर्वी नेपालकै गाैरव तथा सानका रूपमा रहेको विराट गाेल्डकप पञ्चायत कालमा २७ पटक र बहुदल आए पछि विराटगाेल्डकपका नामबाट याे साताै प्रतियाेगिताकाे रूपमा सम्पन्न भएको हाे । रात्रीकालिन गाेल्डकपमा नेपाल , भारत र भुटानका गरि  ८ टिमको सहभागिता रहेको थियाे  ।

तपाईको प्रतिक्रिया