विराटनगर । प्रदेश नामकरणको विरोधमा विराटनगरमा भइरहेको प्रदर्शनका क्रममा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीका ३ र सशस्त्रका २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घाइते सुरक्षाकर्मीबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।आन्दोलनकारीतर्फ कति जना घाइते भए भन्ने यकिन भइसकेको छैन । विराटनगरमा पहिचान पक्षधरले गरेको प्रदर्शन नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो ।
