अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते

लाहोर । अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ । उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ । मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेका छ । स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरु भर्ना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
मंगलवार राति पौने ११ बजे पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गए पछि भौतिक क्षति भएको हो । क्षतिको थप बिवरण अझै आइसकेको छैन । यद्धपी, सो भुकम्पमा परी ५ जनाको मृत्यु भएको जनाइएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुश भएको छ ।

हमास कमाण्डर भन्छन, ‘हामी यो युद्द जति समयसम्म पनि लडन सक्छौं'

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

पेरिसमा एक ब्यक्तिले ‘मुस्लिमहरू मारिए’ भन्दै अन्धाधुन्ध चक्कु हाने, एक ब्यक्तिको…

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

प्रतिक्रिया