मेयरलाई गाली गरेरै सकियो धरान उपमहानगरको कार्यपालिका बैठक

: मेयरले शासन र प्रशासन दुवै हातमा लिएको वडाध्यक्षहरूका आरोप

धरान / धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले शासन र प्रशासन दुवै हातमा लिने परम्पराको सुरुवात गरेको भन्दै वडाध्यक्षहरूले आरोप लगाएका छन्। कार्यपालिका बैठक मार्फत बडाहरूको गतिजिधीहरू बुझ्न भनी तर्क राख्दा मेयर विरुद्ध वडाध्यक्षहरू खनिएका हुन । स्वकीय सचिवले हस्ताक्षर गरेर पत्र काटेपछि धरानमा वडाध्यक्षहरू रुष्ट बनेका थिए । यसै विषयमा केन्द्रित रही विवाद हुँदा बुधवार बसेको कार्यपालिका बैठक त्यतिकै सकिएको छ ।

मेयर हर्क साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बुले वडामा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको सुचीहरू पठाउन अनुरोध गर्दै उपमहानगरपालिकाको लेटर प्याडमा वडा कार्यालयहरूलाई पत्राचार गरेका थिए । नगर प्रमुखले सीमा मिचेर प्रशासन र शासन दुवै हातमा लिएको वडाध्यक्षहरूले आरोप लगाएका छन्।

वडा १९ का अध्यक्ष पूर्ण लिम्बुले उपमहानगरको लेटर प्याड दुरुपयोग भएको र स्वकीय सचिवले वडाध्यक्षहरूलाई पत्राचार गर्दा मान मर्दनमा ठेस पुगेको बताए । यस्तै वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई ,वडा १० का अध्यक्ष विवेक राई वडा १५ का अध्यक्ष नरेश इवारम लगायतले उक्त कार्यकाले घोर भर्त्सना गरेका थिए । बैठकमा मेयर हर्क साम्पाङले पत्र पठठाउदैमा ठुलो विषय नरहेको स्पष्ट पारेका थिए । उनले समग्र धराने जनताको हितमा रहेर काम गर्न सबै वडाध्यक्षहरूमा अपिल पनि गरेका छन् । कार्यालयमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईलाई विभिन्न बुँदागत ८ बॅुदे कबुलियतनामा दिइएको प्रति मेयर साम्पाङले यो आवश्यक रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया