मिटरब्याजमा पैसा लगाएर आर्थिक शोषण गर्ने एक जना पक्राउ

जनकपुर / मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह पक्राउ परेका छन् । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजबाट ठगी एवं शोषण गरेको उजुरी परेको थियो । उजुरीपछि उनलाई जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीले साहको साथबाट पुरानो पेस्तोल, गोली र तमसुकहरु पनि बरामद गरेको छ । उनको घर र पसलमा खानतलासी गर्दा पेस्तोसहित विभिन्न तमसुक फेला परेका हुन् । साहमाथि थप हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

‘अश्लील हर्कत’ ले ‘भाइरल’ उपसचिव डमरुलाई नै आकर्षक अड्डा : मन्त्री रञ्जीताकै पा…

पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने राप्रपाको निर्णय

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेट…

एनसेल प्रकरणमा समिति बनाएर अध्ययन गर्ने कुरा नाटक मात्रै : रवि लामिछाने

खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

प्रतिक्रिया