काठमाडौं । सर्बोच्च अदालतको फैसलापछि अनागरिक बनेका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन भर्खर जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
स्रोतका अनुसार रविले साइन बसेरै नागरिकता लिनेछन् । प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ ।