धरानः गृहमन्त्री रवि लामिछानेले एक कुशल सुरक्षा विज्ञको रूपमा प्रमुख राजनीति सल्लाहकारको खोजी गरेका छन्। गृहमन्त्री रबीको प्रमुख राजनीति सल्लाहकारको चर्चा चलिरहँदा औधी चर्चामा आएको नाम हो देवेन्द्र बजगाईँ । सुरक्षा क्षेत्रमा २ दशक लामो समय देखि काम गर्दै आएका बजगाईँलाई प्रमुख सल्लाहकार बनाउन पार्टी भित्रबाटै चर्चा चल्न थालेको हो। देवेन्द्रलाई नजिकबाट चिन्ने नागरिकले भने पोस्ट समेत गर्दै आएका छन्। केही शुभचिन्तकबरुले देवेन्द्र सुरक्षाको विषयमा मात्र पोख्त नरहेर राजनीति, पॅुजि बजार, लगानी विशेषज्ञ र प्राविधिक रुपमा सक्षम मानिएका भन्दै अभिव्यक्ति दिएका छन्। देवेन्द्रलाई सुरक्षा सम्बन्धी विज्ञताबाट प्रभावित भएर गत वर्ष युरोपियन युनियनका रक्षा विशेषज्ञहरू नेपालमा नै आएर उनकै कार्यकक्षमा भेटेका थिए ।
मलेसिया, कतार, दुबई, भारत, श्रीलङ्का, पाकिस्तान, सुडान, फिलिपिन्स, घाना, युगान्डा लगायतका अफ्रिकन मुलुकका सरकारी तथा अर्ध सरकारी विशेषज्ञहरू सँग राम्रो सम्बन्ध बनाउन माहिर बजगाईँलाई यो एक अवसर सँगै चुनौती पनि थपिएको उनकै घनिष्ठ मित्र आनन्द श्रेष्ठ बताउँछन्। हाल मलेसिया, कतारका सरकारी उच्च सुरक्षा पदाधिकारीका विश्वासिलो पात्र मानिने बजगॅाईले गत कतारमा सम्पन्न भएको विश्वकप जस्तो संवेदनशील इभेन्टमा पनि सुरक्षा सल्लाहकारको रूपमा काम गरे । साथै World Cup मा देखिने नेपाली सेक्युरिटी गार्डहरू नेपालबाट उनैले पठाएका हुन्। निजी तवरबाटै सुरक्षा सम्बन्धी विभिन्न किसिमका तालिम लिएका परम्परागत देखि आधुनिक हातहतियार प्रयोगमा उनी दखल व्यक्ति मानिएकै कारण उनको नाम चर्चामा आएको पूर्व प्रहरी रमेश भण्डारीको भनाई छ ।
गत सम्पन्न निर्वाचनमा बजगाईँलाई पार्टीले निर्वाचन परिचालन कमिटीको सह-संयोजकको जिम्मेवारी दिएको थियो। पार्टी सभापति रवि लामिछानेको चितवन, झापा, काठमाण्डौं देखि पोखरा सम्मको सम्पूर्ण समयमा भिडलाई व्यवस्थापन साथै रणनीतिक रूपमा सुरक्षाको परिचालन गरेका थिए ।लामिछानेको अङ्ग रक्षकको रूपमा काम गरेका हुन्।देवेन्द्रको दिएको सुरक्षाको रणनीति अपनाउँदा कुनै घटना घट्नु नपाएको रबीका सहकर्मी मित्र हाल गृह मन्त्रालयको सचिवालयको जिम्मेवार समालेका दीपक बोहराको भनाई छ ।
रबीको सुरक्षा कवच ( bodyguard ) भनेर चुनावमा धेरैले देवेन्द्रको टिकटक बनाए। एक टिकटक शेयर गरेर देवेन्द्रले पेजमा लेखेका छन्” धेरैले मलाई रबीजीको बडीगार्ड भन्नु भयो तर, म रबीजीको हैन राष्ट्रकै संरक्षक र रक्षक हु” उनले लेखेको यो पोस्टले उनले रविलाई गरेको रेखदेखबाट नै सुरक्षाको विज्ञ रहेको धेरैले अनुमान गरेका थिए।
प्रहरी प्रशासन भित्रको बेथिति, लागु पदार्थ, चोरी तस्करी नियन्त्रण, भद्रगोल गृह प्रशासनको सुधार गर्ने वाचाका साथ गृह सम्हाल्न पुगेका रविलाई सफल बनाउन बजगाईँ रास्वपाका पार्टीका कुशल तथा ईमान्दार नेता रहेको पार्टीका सदस्य ध्रुव केसिले बताए। उनले भने “पार्टीबाट यो पदमा हाम्रो दाबेदार पनि रहने छैन।”
को हुन् देवेन्द्र ?
देवेन्द्रका बाल्यकाल देखीका साथी आनन्द श्रेष्ठका अनुसार धरान -१५ घर भई हाल काठमान्डौ बस्दै आएका देवेन्द्र १९ वर्ष देखि नै होटेल ट्रावल तथा मोटर ग्यारेजको मालिक बनेको र धरानको भेडेटार जाने बाटोमा आवास सहितको पहिलो होटेल खोलेका हुन।
हाल उनी DA investment का र DD security का सञ्चालक हुन भने उनले ५ हजार बढीलाई रोजगार दिएका छन्।साढे ६ सय करोडको लगानीका धरान ४ मा देवेन्द्रले क्यासिनो सहितको ५ तारे होटेल खोल्ने तयारी गरिरहेका छन्। साथै उनी गल्फ खेलाडी पनि हुन। उनको अन्य मुलुकमा पनि व्यवसाय रहेकाले उनी नेपाल जति नै विदेशमा पनि यात्रा गरिरहेका छन्।सामाजिक सञ्जालमा सक्रिय छन्। Nepal travels guide समेत सञ्चालन गरेका देवेन्द्र सँग भारत र चाइनामा व्यापार गर्दा आउने अप्ठ्यारो परिस्थितिमा व्यापारीले मात्र हैन राजनीतिका व्यक्तिले समेत सुझाव माग्छन्।