छापामा तेस्रो ताघ्रिङ पर्यटन उत्सव हुने

लमजुङ / उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिका-४ ताघ्रिङमा तेस्रो ताघ्रिङ पर्यटन उत्सव हुने भएको छ । गुरुङहरुको महान पर्व तमु ल्होछारको अवसरमा पुष १४ र १५ गते पर्यटन उत्सव तथा ल्होसार पर्व विशेष कार्यक्रम हुने भएको हो ।
उत्सवमा बाघेता स्तरीय विद्यालय तथा क्लबको नृत्य प्रतियोगिता र वडा नम्बर ४ का टोल स्तरीय आमा समुहहरुको नृत्य प्रतियोगिता हुने भएको छ । प्रतियोगितमा प्रथम हुने टिमलाई नगद पाँच हजार र प्रमाण पत्र प्रदान गरीने तघ्रिङ पर्यटन उत्सव तथा ल्होसार पर्वका अर्थ संयोजक पदम गुरुङले जानकारी दिए ।
यसैगरी उत्सवको अवसरमा महिला तथा पुरुषको डोरी तान्ने प्रतियोगिता हुने वडा नम्बर ४ का वडा अध्यक्ष बलबहादुर गुरुङले बताए । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टिमलाई नगद तीन/तीन हजार र प्रमाण पत्र, द्वितीयलाई नगद दुई/दुई हजार प्रदान गरिने छ ।
त्यसै गरी उत्सवमा हुने पानी सारी प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई हजार पाँच सय र द्वितीयलाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने छ । बाघेता स्तरीय छेलो प्रतियोगिता र टोलस्तरीय महिला कुर्चीचाल हुने भएको छ । छेलो प्रतियोगिता र महिला कुर्चीचालतर्फ प्रथमलाई पुरस्कार नगद एक/एक हजार र प्रमाण पत्र र द्वितीयलाई नगद पाँच/पाँच सय र प्रमाण प्रदान गरिने वडा अध्यक्ष गुरुङले बताए । तमु ल्होसारको अवसरमा हुने उत्सव तथा पर्वमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांस्कृतिक कार्यक्रमसमेत हुने भएको छ ।

तामाङ होमस्टे गाउँ भुष्मेमा पर्यटन प्रवर्द्धन गर्न आमा समूह र युवा क्लब जुटे

जजिरा एयरवेजले बन्द गर्यो कुवेत-भैरहवा-कुवेत उडान

नयाँ वर्षसँंगै रारामा पर्यटकको घुइँंचो

यि हुन् नयाँ बर्ष २०८० मा पुग्नैपर्ने पूर्वका उत्कृष्ट ७ गन्तव्य

खयरमाराको दोभान खोला र भालुजोर ओडार

पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक छ : मुख्यमन्त्री कार्की

संरक्षणको पर्खाइमा कनकासुन्दरी मन्दिर

प्रतिक्रिया