अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं / प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ ।जसमध्ये सु्नसरी ४ मा मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
बाजुरा र स्याङ्जा २ मा बुधबार साँझदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले दुवै क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेसँगै आजैदेखि मतगणना हुने भएको हो । त्यसका लागि अहिले बाजुरा र स्याङ्जा २ मा सर्वदलीय बैठक बसिरहेको र मतगणना सुरु हुने सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् ।
बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ । स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोलखामा भने बिहीबार पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
निर्वाचन भई मतगणना गर्दा कम्तीमा पाँच दिन दिन लाग्ने भएकाले निर्वाचन आयोगले तोकेको समयभित्र प्रतिनिधिसभातर्फको अन्तिम नतिजा सार्वजनिक हुन ढिलाइ हुने भएको छ ।

रबि लामिछाने मलेसिया जाँदै
_jlASeHRGas_9jdkm0f8zgiy8kb2giev41eeupv99ttq4crox28ukwykr05ffwtaptcixwdu_BXrijDuv4x_wf6bmplhxfkl2k0xmtnxrhf7cqit5803vytaorr9v5mr7rcplrpqjrh1xaz5.jpeg)
प्रधानमन्त्री पुगे अबुधावीस्थित नेपाली दुतावास, सेवा प्रवाह चुस्त गर्न निर्देशन

बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट

प्रधानमन्त्रीले आज दुबईमा नेपाली समुदाय र उद्योगीहरुसँग अन्तरक्रिया क्रिया गर्ने

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

प्रतिक्रिया