९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

काठमाडौं / प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।
अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्ने निश्चित छ । एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ भने कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित पछ्याइरहेको छ ।
तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ५०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित पछ्याइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८८ हजार ४८२ रहेको छ ।
एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ४६ हजार ९७० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८१ हजार ३४८ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ४७ हजार ७०१ रहेको छ ।

एसईईको नतिजा सार्वजनिक

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

प्रतिक्रिया