आधुनिक इटहरी निर्माणको सुरुवात भईसक्यो : मेयर हेमकर्ण पौडेल

इटहरी / इटहरी उपमहानगरपालिका भित्रका सामुदायीक विद्यालयहरुको स्तर उन्नतिको लागि उप-महानगर सकारात्मक रहेको समेत मेयर हेमकर्ण पौडेलले बताएका छन् । इटहरी १ आपगाछीमा रहेको सामुदायीक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय इटहरीको ६७ औ बार्षिक उत्सवको कार्यक्रममा बोल्दै मेयर पौडेलले यस्तो बताएका हुन् । इटहरी उपमहानगरपालीकाले सामुदायिक विद्यालयको समस्या हल गर्दै योजना नीति तथा कार्यक्रम बनाउने समेत कार्य अघि बढाएको र इटहरी उपमहानगरले सामुदायिक बिद्यालयको सेवा सुविधा र गुणस्तर वृद्दि गर्नका निम्ति बजेट विनियोजन गरीएको बताए ।कार्यक्रमको विशिष्ट अथिती समेत रहेका मेयर पौडेलले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयको क्षेत्रमा परीवर्तन देखिने गरिका कार्यक्रमहरु ल्याउने समेत मेयर पौडेलले बताए ।

इटहरीको मेयरमा आफुलाई चुनेकोमा शिर निहुरीने काम स्थिती आउन नदिने इटहरी उपमहानगरपालीकाका मेयर हेमकर्ण पौडेलले बताएका छन् । एसियाली विकास बैकले इटहरीको वाढी नियन्त्रणको लागि साढे ५ अर्ब लगानी गर्ने र इटहरीमा आधुनिक अस्पतालको सुरुवात भईसकेको समेत मेयर पौडेलले बताएका छन् । इटहरीले बर्षौ देखि पूरा गर्न नसकेको आधारभुत कुराहरु आफ्नो नेतृत्वमा इटहरीले पूरा गर्ने मेयर पौडेलले बताएका छन् ।

इटहरी सरकार शिक्षा र स्वास्थ्य जस्तो बिषयमा संवेदनशिल भएर नीति तथा कार्यक्रममा निर्माण गर्ने समेत बताए । काम गरेर देखाउने समय आएको र नेतृत्व दास्रो पुस्तामा हस्तान्तरण भएको समेत मेयर पौडेलले बताएका छन् । कार्यक्रममा इटहरी १ का वडा अध्यक्ष रतन कार्की, इटहरी उपमहानगरपालीका खेलकुद तथा शिक्षा महाशाखा प्रमुख सूर्य प्रसाद सुवेदी लगायत विभिन्न ब्यक्तिहरुले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा उक्त विद्यालयको पुर्व विद्यार्थीहरु , अक्षय कोष स्थापना गर्ने विभिन्न ब्यक्तिहरुलाई तथा शिक्षक तथा अविभावकहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

राष्ट्रिय मावीको ७६ औ बार्षिक उत्सवको अवसरमा विभिन्न सास्कृतिक कार्यक्रमहरु समेत गरीएको छ । सरकारी लगानीका सामुदायिक विद्यालयमा गुणस्तरीय पठन–पाठन हुँदैन भन्ने बुझाइ अभिभावक र विद्यार्थीमा कायमै छ । संस्थागत विद्यालय ९बोर्डिङ० मा मात्र राम्रो पढाइ हुन्छ भन्ने बुझाइका कारण अधिकांश अभिभावकहरू आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैनन् । तर, इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित राष्ट्रिय माध्यमिक विद्यालय अपवाद बनेको छ विद्यार्थी र अभिभावकका लागि ।

विद्यालयका प्रधानाध्यापक शरण बस्नेतले भने, ‘अरू सामुदायिकमा विद्यार्थी अभाव भएको बेला यो विद्यालयमा विद्यार्थी बढ्नुको कारण एउटै छ, त्यो हो नियमित र गुणस्तरमा आधारित पढाइको निरन्तरता । एसईईको नतिजालाई आधार मान्ने हो भने पनि उत्कृष्ट छ ।’ उनका अनुसार अरू सामुदायिक विद्यालय र राष्ट्रिय माविमा पढाउने सरकारी दरबन्दीका शिक्षकले पाउने तलब सुविधा उस्तै हो । तालिम सबैले एउटै पाएका हुन्छन् । अन्यत्र सामुदायिक विद्यालयमा पनि पर्याप्त शिक्षक छन् ।

विद्यालयमा अहिले १ हजार ९ सय ४१ विद्यार्थी छन् । अभिभावकको रोजाइमा उक्त विद्यालय पर्न सफल हुनुमा शिक्षकको मिहिनेत नै मुख्य भएको उनले बताए । उनले भने, ‘अभिभावकको बुझाइमा यो विद्यालयको पढाइ राम्रो छ । एसईईमा राम्रो नतिजा ल्याउँछ । यहाँबाट एसईई गरेपछि अन्यत्र अध्ययन गर्दा पनि शान हुन्छ भन्ने मान्यता स्थापित हुन थालेको छ ।’

अभिभावकहरू पनि विद्यालयलाई थप गुणस्तरीय बनाउन सल्लाह सुझाव र अन्य सहयोग गर्न तयार भएको प्रअ बस्नेतले बताए । शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सम्भव भएको उनले बताए । विद्यालयमा बोर्डिङमा जस्तै नर्सरी, केजी कक्षाको व्यवस्था गरिएको छ । कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । त्यस्तै कक्षा ११ र १२ मा पनि अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको प्रअ बस्नेतले बताए । तत्कालिन हाँसपोसा गाविस वाड नं १ मा वि.सं २०१३ सालमा स्थापना भएको उक्त विद्यालयले आफ्नो छुट्टै पहिचान बनाएको छ ।

तपाईको प्रतिक्रिया