सर्पको टोकाईबाट लेटाङमा एक युवाको मृत्यु

माेरङ / लेटाङ नगरपालिका वडा न. ९ जाँतेमा सर्पको टोकाइबाट एक युवा मृत्यु भएको छ ।२७ गते आइतबार बेलुकाको समयमा वर्ष २७ का गणेश गजमेरलाई सर्पले टोक्दा मृत्यु भएको हो ।

मृतक गजमेरले मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो ।उनको उपचारको लागी दमक सर्पदंस उपचार केन्द्रमा उपचार गर्न लादा बाटोमा मृत्यु स्थानियले सर्पदंश केन्द्र दमक पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक गजमेरको आज सोमवार स्थानिय खोलामा जातिय परम्परा अनुसार अन्तीम संस्कार हुने छ ।

तपाईको प्रतिक्रिया